6 years ago
June 21, 2019
काठमाडौं(हाम्रोखेलकुद) – सप्तरीमा जारी मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिता अन्तर्गत शुक्रबार रुपनी राइडर्स र डाक्नेश्वरी ड्रागन विजयी भएका छन्। रुपनी राइडर्सले बोदे बर्साइन थन्डर्सलाई तथा डाक्नेश्वरी ड्रागनले बजाज खडक वारियर्सलाई पराजित गरेको हो ।

यो जितसँगै रुपनी राइडर्सले ४ खेलमा ३ जित र १ नतिजाविहिन अंक सहित ७ अंक बटुली प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार हुने हुने तिलाठी कोइलाडी र डाक्नेश्वरी ड्रागन बीचको विजेताले उपाधिको लागि रुपनी राइडर्स खेल्ने छ ।
शुक्रबार सम्पन्न दोश्रो खेलमा रुपनी राइडर्सले १ सय १२ रनले पराजित गर्यो। रुपनी राइडर्सले प्रस्तुत गरेको २ सय ७४ रनको विशाल लक्ष्य पछ्याएको बोदे बर्साइनले १८.३ ओभरमा अल आउट हुँदै १ सय ६१ रनमा समेटियो ।
बोदे बर्साइनको लागि कप्तान मन्जित श्रेष्ठले अविजित ६६ रन बनाए । उनले ३९ बलमा ४ चौका र ६ छक्का प्रहार गरे। अमित यादबले ३१ तथा बिधान गोश्वामीले २२ को योगदान दिए ।
रुपनीकोलागि गोमानन्द अमात्यले ३ विकेट लिए । अनोज यादब र प्रदिप पासवानले समान दुई विकेट लिए।
यस अघि टस हारेर ब्याटिङ गरेको रुपनी राइडर्सले २० ओभरमा १ विकेट गुमाएर २ सय ७३ रनको विशाल योगफल तयार गरको थियो।
सन्तोष कार्की र सोनु अन्सारीले रुपनीको लागि शतकीय इनिङ्ग खेल्ने क्रममा विस्फोटक ब्याटिङ गरे। सन्तोषले ४५ बलमा ५ चौका र ११ छक्का गर्दै १ सय रन बनाए । सोनु अन्सारीले ५६ बलमा ५ चौका र १३ छक्का प्रहार गर्दै अविजित १ सय १४ रन बनाए ।
इनिङगको अन्तिम तिर मेहबुब आलमले पनि अविजित अर्धशतक बनाए जुन क्रममा २० बलमा ७ छक्का र १ चौका प्रहार गरे।बोदे बर्साइनका लागि मन्जित श्रेष्ठले १ मात्र विकेट लिए ।
दिनको पहिलो खेलमा डाक्नेश्वरी ड्रागनले बजाज खडक वारियर्सलाई ५ विकेटले पराजित गरेको थियो । पहिले ब्याटिङ गर्दै बजाज खडक वारियर्सले दिएको १ सय २३ रनको लक्ष्य डाक्नेश्वरी ड्रागनले मात्र ५ विकेट गुमाएर १८.५ ओभरमा पुरा गरेको थियो ।
लक्ष्य पछ्याउने क्रममा डाक्नेश्वरीका ओपनर बिशाल सुश्लिंगले सर्वाधिक ६६ रन बनाए जुन क्रममा ५२ बलमा ८ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान प्रेम तामाङ्गले अविजित २१ तथा राहुल मण्डल र अभिनाश कर्णले समान १२ रन बनाए।
वारियर्सका बलर संसाद शेख,नन्दन झा, मनिष मण्डल र अमित दासले समान १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रन जोडेको थियो ।
कप्तान राजेश पुलामीले वारियर्सको लागि सर्वाधिक ७४ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। पुलामीले उक्त रन बनाउन ४५ बलमा ३ चौका र ७ छक्का प्रहार गरेका थिए। १०.२ ओभरमा ५२(५ को अवस्थामा पुलामीले संसाद शेखसंग छैठौं विकेटको लागि ४८ रनको साझेदारी गरेका थिए। संसादले ९ रन बनाए।
डाक्नेश्वरी ड्रागनकोलागि राहुल मण्डल र रोबिन सिंहले समान २ विकेट लिए। यस्तै चित्र बहादुर बिस्ट,बिशाल सुश्लिंग र प्रेम तामांगले १/१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच बिशाल सुश्लिंग चुनिए।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]