default_image

6 years ago

June 21, 2019

प्रधानमन्त्री महिला टी ट्वान्टी क्रिकेट- प्रदेश १ र ५ को फराकिलो जित

106 views

0 Bookmark

महेन्द्रनगर(हाम्रो खेलकुद)- महेन्द्रनगरमा जारी चौथो संस्करणको प्रधानमन्त्री महिला टी ट्वान्टी क्रिकेट प्रतियोगितामा शुक्रबार प्रदेश १ र ५ विजयी भएका छन् । प्रदेश १ ले प्रदेश २ लाई ८ विकेटले पराजित गरेको छ । प्रदेश ५ ले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गर्यो ।

टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश २ ले निर्धारित २० ओभरमा ७१ रन बनाएको थियो । उसका लागि शान्ति चौधरी १४,शोभा आले १३,सरस्वती चौधरी १३ बटुले । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिइन् । अप्सरी बेगमले २ र शबनम राईले १ विकेट हात पारिन् ।

सामान्य ७२ रनको लक्ष्य प्रदेश १ ले १४.२ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । सहज जित हात पार्न रुविना क्षेत्रीले २६,काजल श्रेष्ठ १९,रोमा थापा १४ र अप्सरी बेगम ४ रन जोडे । सन्तोषी चौधरी र सरस्वती चौधरीले समान १ विकेट लिइन् ।

त्यस्तै अर्को खेलमा खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गर्यो । टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले १८.३ ओभरमा अल आउट हुँदै ७८ रनमा अल आउट भएको थियो । उसको लागिश्रृष्टी पौडेलले १८ र शुसिला गुरुङले १९ रन बटुले । शिला रेग्मी ९,प्रमिला बानिँया ८ रनमा आउट भए ।

प्रदेश ५ का लागि कृर्तिना मराशैनी ३,सिमा थापा २,नेरी थापा,सरस्वती पुन मगर र लक्ष्मी चौधरीले समान १ विकेट लिइन् । समान्य ७९ रनको लक्ष्य प्रदेश ५ ले १२.२ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । प्रदेश ५ का लागि सरस्वती घर्ती मगर १०,गीता गोसाई २० र नेरी थापा २८ रन जोडे । सुशिला गुरुङले २ विकेट लिइन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.