default_image

6 years ago

June 25, 2019

अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा प्रवेश !

150 views

0 Bookmark

एजेन्सी – साविक विजेता अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

मंगलबार लर्डसमा ६४ रनको जित दर्ता गर्दै अष्ट्रेलिया अंक तालिकाको शीर्षस्थानमा रहँदै दोस्रो चरणमा पुगेको हो । यो हारसँगै घरेलु टोली इंग्ल्यान्डको भने शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना कठिन भएको छ । २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४.४ ओभरमा अल आउट हुँदै २ सय २१ रनमा समेटियो ।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रनको योगदान दिए । ३७ ओभरको अन्तिम बलमा मिचेल स्टार्कले बोल्ड आउट गर्नु अघि उनले १ सय १५ बलमा ८ चौका र २ छक्का प्रहर गरे । अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा इंग्ल्यान्ड पराजित हुन पुगेको हो ।

इंग्ल्यान्डले सुरुवात देखीनै खराब प्रर्दशन गरेको थियो । पहिलो ओभरको दोस्रो बलमै जेसन बेहरनडर्फले ओपनर जेम्स भिन्सलाई शुन्यमा बोल्ड आउट गरे । चौथो ओभरको तेस्रो बलमा मिचेल स्टार्कले जो रुटलाई ८ रनमा एलबी डब्लू आउट गरे । छैटौं ओभरको पाँचौ बलमा स्टार्कले कप्तान इओन मोर्गनलाई ४ रनमा प्याटकमिन्सबाट क्याच आउट गराएपछि इंग्ल्यान्ड २६-३ को कमजोर अवस्थामा पुगेको थियो ।

जोनी बेयरस्टोले ३९ बलमा ५ चौका सहित २७ रन जोडे । बेयरस्टोलाई बेहरनडर्फलेनै प्याट कमिन्सबाट १४ ओभरको पाँचौ बलमा क्याच आउट गराएपछि इंग्ल्यान्ड दबाबमा परेको थियो । पाँचौ विकेटका लागि जस बटलर र बेन स्टोकले ७१ साझेदारी गर्दै इंग्ल्यान्डको इनिङ उकासे । तर मार्कस स्टोइनिसले २८ ओभरको दोस्रो बलमा उस्मान खवाजाबाट २५ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्डको जित टाढिएको थियो । तल्लोक्रमका आदिल राशिदले २० बलमा ३ चौका र १ छक्का सहित २५, क्रिस वोक्स २६,मोइन अली ६ र जोफ्रा आर्चरले १ रन जोडे ।

अष्ट्रेलियाको जितमा नायक बनेका जेसन बेहरनडर्फले १० ओभरमा ४४ रन खर्चेर ५ विकेट हात पारे । त्यस्तै मिचेल स्टार्कले पनि ८.४ ओभरमा १ मेडन सहित ४३ रन खर्चिदै ४ विकेट हात पारे ।मार्कस स्टोइनिसको नाममा १ विकेट रह्यो ।

त्यसअघि लर्डसमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन बनायो । अष्ट्रेलियाका ओपनर आरोन फिन्चले १ सय १६ बलमा ११ चौका र २ छक्का सहित १ सय रनको योगदान दिए । यो फिन्चको वान डे करियरको १५ औं शतक हो ।

जोफ्रा आर्चरको ३६ ओभरको दोस्रो बलमा २ रन बटुल्दै कुल १ सय १५ बलमा आफ्नो वान डे करियरको १५ औं शतक पुरा गरेका थिए । लगत्तै अर्को बलमा ठूलो शट खेल्ने धुनमा फिन्च क्रिस वोक्सबाट क्याच आउट हुन पुगे । जारी विश्वकपमा फिन्चको यो दोस्रो शतक हो । फिन्चले यस अघि श्रीलंकासँगको खेलमा पनि उत्कृष्ट शतक प्रहार गरेका थिए ।

ओपनर डेविड वार्नर र आरोन फिन्चले २२।४ ओभरमा १ सय २३ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुईबीचको साझेदारी मोइन अलीले जो रुटबाट वार्नरलाई ५३ रनमा क्याच आउट गराउँदै तोडे । वार्नरले ६१ बलमा ६ चौका प्रहार गरे ।

बेन स्टोक्सले ३३ ओभरको दोस्रो बलमा उस्मान खवाजालाई २३ रनमा बोल्ड आउट गरे । ३९ ओभरको दोस्रो बलमा मार्क उडले कट निकाल्दै विकेटकीपर जस बटलरबाट ग्लेन म्याक्सवेललाई १२ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्ड खेलमा फर्किएको थियो । ४२ ओभरको पाँचौ बलमा स्टिभ स्मिथसँग दुइ रन लिनेक्रममा तालमेल गर्न नसक्दा मार्कस स्टोइनसि ८ रनमा रन आउट भए ।

स्टिभ स्मिथ पनि ठूलो शट खेल्ने धुनमा ३४ बलमा ५ चौका प्रहार गर्दै ३८ रनमा क्याच आउट भए । विकेटकीपर एलेक्स केरीले २७ बलमा ५ चौका सहित ३८ रनमा अविजित रहे । प्याट कमिन्स १ र मिचेल स्टार्कले ४ रन जोडे ।

इंग्ल्यान्डका लागि क्रिस वोक्सले सर्वाधिक २ विकेट हात पारे । जोफ्रा आर्चर,मार्क उड,बेन स्टोक्स र मोइन अलीको नाममा समान १ विकेट रह्यो ।

यो जितसँगै अष्टेलिया ७ खेलमा ६ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्ड ७ खेलमा ४ मा जित र ३ मा हारका साथ चौथौ स्थानमा छ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.