default_image

6 years ago

June 29, 2019

अफ्रिदीको उत्कृष्ट प्रर्दशनमा पाकिस्तानलाई मध्यम लक्ष्य

111 views

0 Bookmark

एजेन्सी – तीब्र गतिका युवा बलर शाहीन शाह अफ्रिदीको उत्कृष्ट प्रर्दशनसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा अफगानिस्तानले पाकिस्तानलाई २ सय २८ रनको मध्यम लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २७ रन बनायो । अफगानिस्तानका लागि नजीबुल्लाह जदरान र पुर्व कप्तान अस्गर अफगानले समान ४२ रनको योगदान दिए ।

अफगानिस्तानले पाँचौ ओभरको चौथो बलमा कप्तान गुलबदीन नाइबलाई १५ रनमा गुमाएको थियो । नाइबलाई शाहीन अफ्रिदीले कप्तान शर्फराज अहमदबाट क्याच आउट गराए । अफ्रिदीले लगत्तै अर्को बलमा हशमतुल्लाह साहिदीलाई शुन्यमा पेभिलिएन फर्काए । १२ ओभरको अन्तिम बलमा इमाद वासिमले बाबर आजमबाट क्याच गराउँदै ओपनर रामत शाहलाई ३५ रनमा पेभिलिएनको बाटो देखाए । शाहले ४३ बलमा ५ चौका प्रहार गरे ।

चौथो विकेटका लागि पुर्व कप्तान अस्गर अफगान र विकेटकीपर इकराम अलिखिलले ६४ रनको साझेदारी गर्दै इनिङ उकासे । यी दुईबीचको साझेदारी २५ ओभरको दोस्रो बलमा शादब खानले अस्गरलाई बोल्ड आउट गर्दै तोडेका थिए अफ्गानले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मोहम्मद नाबीले १६ रनको योगदान दिए । अफ्रिदीले बोल्ड आउट गर्नुअघि नजिबुउल्लाह जदरानले ५४ बलमा ६ चौका प्रहार गरे ।
तल्लोक्रमका शमीउल्लाह शिनवारी १९,राशिद खान ८ र मुजिब उर रहमानले ७ रन जोडे ।

पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले १० ओभरमा ४७ रन खर्चेर ४ विकेट हात पारे । त्यस्तै इमाद वासिम र वहाब रियाजको नाममा समान २ विकेट रह्यो । शादब खानले १ विकेट लिए ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.