6 years ago
June 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)– खेलकुद पत्रकार सरिता श्रेष्ठ र क्रिकेट खेलाडी कविता कुँवरलाई प्रमोदराज सावित्री पाण्डे स्मृति प्रतिष्ठानले शनिबार पुरस्कृत गरेको छ ।

राजधानीमा आयोजित कार्यक्रममा एभिन्यूज टेलिभिजनकी खेल पत्रकार श्रेष्ठलाई प्रमोद पुरुषोत्तमराज पाण्डे स्मृति खेल पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । श्रेष्ठ डेढ दशकदेखि सक्रिय खेल पत्रकारिता गर्दै आएकी छिन् ।
प्रतिष्ठानले कवितालाई प्रमोद पुरुषोत्तमराज पाण्डे स्मृति उदियमान महिला क्रिकेट खेलाडी पुरस्कार प्रदान गरेको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीकी नियमित सदस्य रहँदै आएकी कविता सुदूरपश्चिमबाट खेल्ने गर्छिन् । उनी भर्खरै सम्पन्न प्रधानमन्त्री कप टि-२० प्रतियोगिताको बेस्ट ब्याट्सवुमन पनि बनेकी थिइन् । त्यस्तै साहित्यकार गीता त्रिपाठीलाई प्रमोदराज सावित्रिी पाण्डे स्मृति साहित्य पुरस्कार प्रदान गरिएको थियो । तीनै जनाले सम्मान पत्र र समान १५ हजार रुपैयाँ प्राप्त गरे ।

कार्यक्रममा वरिष्ठ कलाकार भुवन चन्द थापा र बसुन्धरा भुसाललाई प्रमोदराज सावित्री पाण्डे सम्मान गरिएको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य र प्रतिष्ठानका अध्यक्ष मनिषराज पाण्डेले उनीहरुलाई पुरस्कृत र सम्मान गरे ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]