6 years ago
June 30, 2019
एजेन्सी – इंग्ल्यान्डले आईसीसी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा भारतलाई ३१ रनले पराजित गरेको छ । यो जितसँगै इंग्ल्यान्ड चौथो स्थानमा उक्लिएको छ ।

यस जितसँगै इंग्ल्यान्डले शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । यता भारतको भने यो जारी विश्वकपमा पहिलो हार हो । इंग्ल्यान्डले अन्तिम खेलमा न्युजिल्यान्डलाई पराजित गरे सोझैं सेमिफाइनल प्रवेश गर्ने छ । ३ सय ३८ रनको विशाल लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ६ रन बनायो ।
भारतका लागि ओपनर रोहित शर्माले उत्कृष्ट शतक प्रहार गरेपनि टोलीको हार टार्न सकेनन् । ३७ ओभरको पहिलो बलमा क्रिस वोक्सले जस बटलरबाट क्याच आउट गराउनु अघि रोहितले १ सय ९ बलमा १५ चौकाको सहयोगमा १ सय २ रन बनाए पनि भारत पराजित हुन पुग्यो ।
१ सय ६ बलमा रोहितले आफ्नो वान डे करियरको २५ औं तथा जारी विश्वकपमा आफ्नो तेस्रो शतक पुरा गरे । रोहितले यस अघि पाकिस्तान र दक्षिण अफ्रिकासँगको खेलमा पनि शतक प्रहार गरेका थिए । भारतले तेस्रो ओभरको तेस्रो बलमा ओपनर के एल राहुललाई शुन्यमा गुमाएको थियो । राहुललाई क्रिस वोक्सले आफैं क्याच लिदै पेभिलिएन फर्काए ।

दोस्रो विकेटका लागि रोहित र कप्तान विराट कोहलीले १ सय ३८ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै इनिङ उकासे । विराटलाई २९ ओभरको दोस्रो बलमा लियाम प्लन्केटले ६६ रनमा क्याच गराए । कोहलीले ७६ बलमा ७ चौका प्रहार गरे ।
प्लन्केटलेनै ऋषभ पन्तलाई ३२ रनमा क्रिस वोक्सबाट क्याच आउट गराए । पन्तले २९ बलमा ४ चौका प्रहार गरे । त्यस्तै लियाम प्लन्केटले हार्दिक पान्ड्यालाई ४५ ओभरको पाँचौ बलमा जेम्श भिन्सबाट ३३ बलमा ४ चौका सहित ४५ रनमा पेभिलिएन फर्काएपछि इंग्ल्यान्डको जित पक्का बनेको थियो ।
महेन्द्र सिंह धोनीले ३१ बलमा ४ चौका र १ छक्का सहित ४२ रनमा अविजित रहे । त्यस्तै केदार जाधव पनि १२ रनमा नट आउट रहे । इंग्ल्यान्डका लागि लियाम प्लन्केटले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट हात पारे । क्रिस वोक्सले १० ओभरमा ३ मेडन सहित ५८ रन खर्चेर २ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ३७ रन बनाएको थियो । इंग्ल्यान्डका लागि ओपनर बेयरस्टोले १ सय ११ रनको महत्वपूर्ण योगदान दिए । मोहम्मद शामीको ३२ ओभरको चौथो बलमा ठूलो शट खेल्ने धुनमा ऋषभ पन्तबाट क्याच आउट हुनुअघि बेयरस्टोले १ सय ९ बलमा १० चौका र ६ छक्का प्रहार गरे ।
बेयरस्टोले ९० बलमा वान डे करियरको ८ औं तथा विश्वपकमा आफ्नो पहिलो शतक पुरा गरेका थिए । अर्का ओपनर जोसन रोयले ५७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ६६ रन जोडे । रोय र बेयरस्टोले पहिलो विकेटका लागि २२।१ ओभरमा १ सय ६० रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । कुलदीप यादवको बलमा ठूलो शट खेल्ने धुनमा बाउन्ड्री लाइन नजिकै रोयलाई रविन्द्र जडेजाले उत्कृष्ट क्याच गरेपछि इंग्ल्यान्डको शतकीय साझेदारी तोडिएको थियो ।
३४ ओभरका चौथो बलमा केदार जाधवबाट क्याच आउट हुँदै कप्तान इओन मोर्गन १ रनमा पेभिलिएन फर्केपछि इंग्ल्यान्डको रनको गतिमा कमि आएको थियो । जो रुटले ५४ बलमा २ चौका सहित ४४ रनको योगदान दिए ।

मध्यक्रमका बेन स्टोक्सले आक्रमक ब्याटिङ गर्दै ७९ रन जोडेपछि इंग्ल्यान्ड विशाल योगफलमा पुगेको हो । अन्तिम ओभरको चौथो बलमा क्याच आउट हुनुअघि स्टोक्सले ५४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै विकेटकीपर जस बटलरले ८ बलमा १ चौका र २ छक्का सहित २० रनमा क्याच आउट भए । क्रिस वोक्स ७ रनमा क्याच आउट भए ।
भारतका लागि मोहम्मद सामीले १० ओभरमा १ मेडन सहित ६९ रन खर्चेर ५ विकेट लिए । त्यस्तै जसप्रित बुमराह र कुलदीप यादवको नाममा समान १ विकेट रह्यो ।
यो जितसँगै इंग्ल्यान्ड ८ खेलमा ५ मा जित र ३ मा हारका साथ १० अंक बटुल्दै चौथो स्थानमा उक्लिएको छ । इंग्ल्यान्डले निर्णायक खेल जुलाई ३ मा न्युजिल्यान्डसँग खेल्ने छ । भारत ७ खेलमा ५ मा जित र १ मा हारका साथ ११ अंक बटुल्दै दोस्रो स्थानमा छ । भारतले आफ्नो आठौं खेल जुलाई २ मा बंगलादेशसँग खेल्ने छ ।
यता ८ खेलमा ७ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा रहेको अष्टे«लिया सेमिफाइनलमा पुगि सकेको छ । ८ खेलमा ५ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा रहेको न्युजिल्यान्डको पनि सेमिफाइनल खेल्ने संभावना उच्च छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]