6 years ago
July 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक उमेश पटवालले भरपर्दा ब्याट्सम्यान शरद भेषावकर नेपालका उत्कृष्ट खेलाडी मध्यका एक भएको बताएका छन् ।

सिंगापुरमा २०-२८ जुलाईसम्म हुने आईसीसी टी ट्वान्टी एसिया विश्वकप छनोटको लागि आईतबार राष्ट्रिय टोली घोषणा कार्यक्रममा पटवालले यस्तो बताएका हुन् । शरदले गत माघमा भिटामीन ‘डी’ को अभाव हुँदा यूएईसँगको समान तीन टी-ट्वान्टी र एक दिवसिय सिरिज गुमाएका थिए । पाँच महिनापछि शरदले टोलीमा पुनरागमन गरेका छन् । त्यसअघि पनि उनले टोलीमा रहेपनि प्रशिक्षणका क्रममा चोट बोक्दा विश्वकप छनोटका खेल गुमाउन पुगेका थिए ।
‘शरद नेपालले पाएको उत्कृष्ट खेलाडी मध्यका एक हुन् । उनी यसअघि टोलीमा उपलब्ध थिएनन् । यस पटक उपलब्ध छन् । टोलीमा उपलब्ध हुन्छन् भने उनि मेरो पहिलो रोजाईमा पर्छन्’,पटवालले भने । शरदले गत वैशाखमा नेपालगन्जमा भएको आठौं राष्टिय प्रतियोगिता र जेठमा भएको प्रधानमन्त्री एक दिवसिय प्रतियोगिता एपीएफबाट खेलेका थिए । कप्तान पारस खड्काले पनि शरदको पुनरागमनले टोलीमा अनुभव थपिने र अझै बलियो भएको अभिव्यक्ति दिए ।

पारसले विश्वकप सुरुवात यहाँबाटै हुने हुँदा नेपालको लागि यो प्रतियोगिता निकै महत्त्वपूर्ण हुने बताए । पारसले कुनै दबाब नभएपनि सहज रुपमा लिन नहुने बताए । सिंगापुरको वातावरण मलेसियासँग मिल्ने हुँदा मलेसियामा १० दिनको क्याम्प धेरै फाइदा पुग्ने पारसको विश्वास छ । नयाँ प्रशिक्षक आएकोले आफूहरु खुसी रहेको बताए ।
आईतबार घोषणा टोलीमा गत माघमा यूएईसँगको टी ट्वान्टी खेलमा विश्व कीर्तिमान बनाउने सन्दीप जोरा, टोलीमा परेपनि डेब्यू गर्न नपाएका भिम सार्की र पछिल्लो एक वर्ष नियमित खेल्दै आएका आरिफ शेख अट्न भने सकेनन् । शरदको कमब्याक हुँदा अन्य यूएईसँगको टुरमा रहेका खेलाडी रहेका छन् ।
नेपालको १४ सदस्य टोली :
१. पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल
३. शरद भेषावकर
४. वसन्त रेग्मी
५. सोमपाल कामी
६. दीपेन्द्रसिंह ऐरी
७. प्रदीप ऐरी
८. सन्दीप लामिछाने
९. रोहित कुमार पौडेल
१०. पवन सरार्फ
११. अभिनाष बोहोरा
१२. विनोद भण्डारी
१३. करण केसी
१४. ललित नारायण राजवंशी
वैकल्पिक खेलाडी :
कुशल भुर्तेल
जितेन्द्र मुखिया
आरिफ शेख
सुसन भारी
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]