default_image

6 years ago

July 4, 2019

इंग्ल्यान्डलाई २७ वर्षपछि सेमिफाइनल पुर्याउँदाका ३ नायक

110 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटअन्तर्गत घरेलु टोली इंग्ल्यान्डले बुधबार न्युजिल्यान्डलाई पराजित गर्दै २७ वर्षपछि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्यो ।

न्युजिल्यान्डलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सन् १९९२ पछि पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको इंग्ल्यान्डले ओपनर जोनी बेयरस्टोको शतकमा निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रन बनाएको थियो । जवाफी ३ सय ६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४५ ओभरमा अल आउट हुँदै १ सय ८६ रनमा समेटियो ।

श्रीलंकासँग अप्रत्याशीत हारले घरेलु टोली इंग्ल्यान्डलाई भारत र न्युजिल्यान्डसँगको दुवै खेल जित्नै पर्ने दबाब थियो । घरेलु टोली इंग्ल्यान्डपनि दबाबका बाबजुद दुबै खेलमा उत्कृष्ट प्रर्दशन गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो । सेमिफाइनलमा इंग्ल्यान्डले भारत र वा अष्ट्रेलिया मध्य एकसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । त्यो भारत र अष्टेलियाको बाँकी एक-एक खेलको नतिजाले निर्धारण गर्नेछ । सेमिफाइनलमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो स्थानका टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसले गर्दा सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुन सक्ने संभावना देखिन्छ ।

न्युजिल्यान्डको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै इंग्ल्यान्डलाई सेमिफाइनलमा स्थान पक्का गराउन महत्वपूर्ण प्रर्दशन गर्ने ३ खेलाडी :

३. जेसन रोय :

टोलीमा एक स्टार खेलाडीको महत्त्व र प्रभाव कति हुन्छ त्यो इंग्ल्यान्डलाई हेरेर भन्न सकिन्छ । ओपनर रोयले घाइते हुँदै श्रीलंका, अष्ट्रेलिया र अफगानिस्तानसँगको खेल गुमाउनु पर्यो । जसको कारण इंग्ल्यान्ड कमजोर ब्याटिङ गर्दै श्रीलंका र अष्ट्रेलियासँग पराजित भयो । रोयले गर वा मरको अवस्थामा भारतसँगको खेलमा कमब्याक गर्दै आफ्नो उत्कृष्ट प्रर्दशन गर्दै टोलीको जित पक्का गरे ।

न्युजिल्यान्डसँगको निर्णायक खेलमा पनि ६१ बलमा ८ चौका सहित ६० रनको योगदान दिए । रोयले पहिलो विकेटको लागि जोनी बेयरस्टोसँग १ सय २३ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । त्यहि उत्कृष्ट सुरुवातले इंग्ल्यान्डलाई बलियो योगफलमा पुर्याएको थियो । न्युजिल्यान्डलाई हराउँदै इंग्ल्यान्डलाई सेमिफाइनलमा पुर्याउन रोयको प्रर्दशन महत्वपूर्ण रह्यो ।

२. जोफ्रा आर्चर

तीव्र गतिका युवा बलर जोफ्रा आर्चरले विश्वकपमा कसिलो बलिङ गर्दै आएका छन् । एकै विश्वकपमा इंग्ल्यान्डका लागि १७ विकेट लिने पहिलो बलर बनेका आर्चरले न्युजिल्यान्डसँगको खेलमा मार्टिन गुप्टिलको महत्त्वपूर्ण विकेट लिन सफल भए । गुप्टिललाई छैटौं ओभरको दोस्रो बलमा विकेटकीपर जस बटलरबाट उत्कृष्ट क्याच गराउँदै ८ रनमा पेभिलिएन फर्काएपछि न्युजिल्यान्ड दबाबमा परेको थियो ।

गुप्टिल त्यस्ता खेलाडी हुन् जसले सन् २०१५ को विश्वकपमा वेस्ट इन्डिजविरुद्ध एक्लै २ सय ३७ रन प्रहार गरेका थिए । आर्चरले ७ ओभरमा १ मेडन सहित १७ रन खर्चेर १ विकेट लिए । आर्चरले निरन्तर दबाब सिर्जना गराए । जुन दबाबको फाइदा अन्य बलरले उठाएका थिए ।

१. जोनी बेयरस्टो

इंग्ल्यान्डलाई सहज जित दिलाउन ओपनर ओपनर जोनी बेयरस्टो नायक बने । जोनी बेयरस्टोले आफ्नो वान डे करिअरको नवौं तथा विश्वकपमा लगातार दोस्रो शतक प्रहार गरे । विश्वकपमा इंग्ल्यान्डबाट लगातार शतक प्रहार बेयरस्टो पहिलो ब्याट्सम्यान हुन् । बेयरस्टोले यसअघि भारतसँगको निर्णायक खेलमा पनि शतक प्रहार गरेका थिए ।

न्युजिल्यान्डविरुद्ध ९९ बलमा १५ चौका र १ छक्का सहित १ सय ६ रनको शतकीय योगदान दिएका जोनी बेयरस्टो म्यान अफ द म्याच समेत चुनिए । सुरुवाती खेलमा ठूलो इनिङ खेल्न नसक्दा आलोचनाको शिकार बनेका बेयरस्टोले लगातार शतक प्रहार गर्दै ती आलोचकको मुखमात्रै बन्द गरेनन् इंग्ल्यान्डलाई सेमिफाइनल सम्म पनि पुर्याउन महत्त्वपूर्ण प्रर्दशन गरे ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.