6 years ago
July 4, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजले अफगानिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा वेस्ट इन्डिजले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

अफगानिस्तानले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । हमिद हसन र हशमतुल्ला शाहीदिको स्थानमा दलात जदरान र सईद शिरज़ादलाई मौका दिएको छ । त्यस्तै वेस्ट इन्डिजले पनि दुई खेलाडी परिवर्तन गरेको छ । इभिन लुईस र केमर रोचलाई मौका दिदा सुनिल एम्ब्रिस र शैनन गेब्रियललाई टिम बाहिर राखेको छ ।
वेस्ट इन्डिजको प्लेइङ ११ : क्रिस गेल,इभिन लुईस,शाई होप,निकोलस पुरन,शिमरोन हिटमायर,जोसन होल्डर,कार्लोसवर्थवेट,फबिएन एलिन, केमर रोच,शिल्डन कर्टेल र ओशन थोमस ।
अफगानिस्तानको प्लेइङ ११ : रहमत शाह,समिउल्लाह शिनवारी , नजिवुल्लाह, दलावत दजरान, अस्गर अफगान, मोहम्मद नाबी, इकराम अलिखिल, गुवदीन नाइब(कप्तान), राशिद खान, मुजिव उर रहमान, सईद शिरज़ाद ।
दुवै टोली लिग चरणबाटै बाहिरिएकोे हुँदा आजको खेल प्रतिष्ठाको लडाइमात्रै हुनेछ । यी दुवै टोलीको जारी विश्वकपमा यो अन्तिम खेल समेत हो । सुरुवाती ८ खेलमै पराजित भएको अफगानिस्तान अन्तिम खेलमा जित निकाल्न चाहान्छ । अफगानिस्तानका प्रमुख प्रशिक्षक फिल सिमन्सले यहि खेलबाट राजिनामा दिँदै छन् ।
त्यसैले अफगानिस्तान खेलाडी अन्तिम खेलमा प्रशिक्षक सिमन्सलाई जित सहित बिदाई गर्ने सोचमा छन् । अफगानिस्तान पछिल्लो समय वेस्टइन्डिजमाथि हावी हुँदै आएको छ । ठूलो आसा गरिएका लेगस्पिनर राशिद खानको खराव प्रर्दशन,ओपनर मोहम्मद शहजाद चोटका कारण बाहिरिनु, शीर्ष क्रमका ब्याट्सम्यान कमजोर प्रर्दशन, निरन्तर खेलाडी फेरबदल गर्नु अफगानिस्तानले जारी विश्वकपमा खराव प्रर्दशन गर्नुको मुख्य कारण हो ।
यता वेस्ट इन्डिज पनि अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने दाउमा छ । वेस्ट इन्डिज ८ खेलमा १ मा जित र ६ मा हारका साथ नवौं स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो । वेस्ट इन्डिज गत वर्ष विश्वकप छनोटको फाइनलमा अफगानिस्तानसँग पराजित भएको थियो ।
जुनको बदला वेस्ट इन्डिज विश्वकपमा लिन चाहान्छ । विश्वकपमा अफगानिस्तान र वेस्ट इन्डिज पहिलो पटक भिड्दै छन् । यी दुई देशबीच ५ वान डे खेल भएको छ । जसमा अफगानिस्तान ३ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ । एक खेलको नतिजा बिहीन छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]