default_image

6 years ago

July 4, 2019

बाबु-छोराको ‘विशाल’ सपना

130 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

अभिभावकले आफ्नो सन्तानको क्रिकेट खेल्ने सपना पूरा गर्न कहाँसम्म कदम चाल्छन् होला ? क्रिकेट खेलमा लाग्न हौसला बढाउने ? सन्तानलाई हरेक दिन एकेडेमी पुर्याउने ? यहाँ सम्मकी आफ्नो सन्तानको लागि डेरा खोजेरै क्रिकेट सिकाउन प्रेरित गर्ने ? क्रिकेट प्रतिको लगाव र आफ्नो सन्तानको सपना पूरा गर्ने प्रयासको अगाडी समय र परिस्थितिले जति बाधा पुर्याएपनि लक्ष्य प्राप्तिको लागि सायदै केहिले रोक्ला ।

नेपाल यू-१६ क्रिकेट टोलीका कप्तान तथा यू-१९ टोलीका नयाँ सदस्य विशालविक्रम केसीका बुबा झलकबहादुर केसी यी सबैबाट माथि उठेर अनौठो कदम चालेका गरेका छन् । भारतमा आफ्नो छोराको लागि भनेर एकेडेमी नै स्थापना गरेर । झलकले छोरा विशालको क्रिकेटप्रतिको लगाव र समयसँगै हासिल गरेको सफलतालाई मध्यनजर गर्दै भारतको नोयडामा एकडेमी नै स्थापित गरिदिए ।

पछिल्लो केहि वर्ष नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा एकपछि अर्को सफलता हात पारेपनि धेरै खेलाडी खेलपछि भविष्यलाई लिए चिन्ता व्यक्त गर्ने गर्दछन् । यसकारण अपनी अधिकांश अभिभावक खेलप्रति लगाव भएका सन्तानलाई पढाइमा नै ध्यान दिन भन्छन्, खेललाई विकल्पको रुपमा अगाडी बढाएर । झलक भने क्रिकेट खेलाडीको रुपमा नै विशालको भविष्य देखेर उनको खेललाई सुधार्न डटेर लागेका छन् ।

एक हप्ताअघि एसीसी यू१९ इस्टर्न रिजन २०१९ को लागि घोषणा नेपाली टोलीमा तीन नयाँ अनुहारलाई मौका दिँदा यू-१६ टोलीका कप्तान विशाल पनि समेटिए । शीर्षक्रममा ब्याटिङ गर्दै विपक्षीको टाउको दुखाइ बन्दै आएका विशालको अफस्पिन बलिङको समान गर्नपनि विपक्षीलाई हम्मेहम्मे पर्छ । नेपाली राष्ट्रिय टोलीबाट खेल्दै टी-ट्वान्टी क्रिकेटमा विश्व कीर्तिमान बनाउने सन्दीप जोरालाई विश्राम दिदै प्रशिक्षक विनोद दासले विशाललाई मौका दिएका हुन् । प्रशिक्षक दासका अनुसार विशालजस्ता युवा खेलाडीमा क्षमता रहेकोले नै सिनियर खेलाडीलाई विश्राम दिने निर्णय लिइएको हो ।

यू-१६ इस्टर्न रिजनको च्याम्पियन टिम

गत वैशाखमा थाईल्यान्डमा सम्पन्न एसीसी यू१६ इस्टर्न रिजन २०१९ को उपाधि नेपाललाई जिताउन कप्तान विशालको प्रर्दशन महत्त्वपूर्ण थियो । त्यहि प्रर्दशनले उनको लागि यू-१९ टोलीको बन्द प्रशिक्षणको ढोका खोल्यो । विशालले उक्त प्रतियोगितामा ५ खेलमा ९३ रन बनाउनुको साथै ४ विकेट लिएपछि म्यान अफ द सिरिज घोषित भएका थिए । गत जेठमा सम्पन्न प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश ५ बाट वैकल्पिक खेलाडीको सुचिमा रहे ।

विशालले सन् २०१७ मै यू-१६ टोलीबाट खेलेका थिए । एसीसी इस्टर्न रिजन २०१७ मा ५ खेलमा १ सय ३६ रन जोड्दै प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडीमा विशाल दोस्रो स्थानमा थिए । उक्त प्रतियोगितामा विशालले पहिलो खेलमै सिंगापुरविरुद्ध ६३ रन प्रहार गरेका थिए ।

गत चैत्रमा काठमाडौंमा भएको यू-१६ स्कुल क्रिकेट लिगमा प्रदेश पाँच विशालकै कप्तानीमा उपविजेता बन्यो । उक्त प्रतियोगितामा उपविजेता भएपनि म्यान अफ द सिरिज घोषित भएका विशाल बन्द प्रशिक्षण हुँदै टोलीको कप्तानी नै सम्हाले । गत वैशाखमा काठमाडौंमै भएको मनमोहन मेमोरियल अन्तर प्रदेश यू-१६ राष्ट्रिय प्रतियोगितामा पनि उनले प्रदेश पाँचबाट प्रतिनिधित्व गर्दै आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिए ।

बर्दियाको मधुबन नगरपालीका वडा ८ मा बुबा झलक र आमा देवी केसीको कोखमा जन्मिएका विशालले तीन वर्ष अघिबाट क्रिकेट यात्रा थालेका हुन् । सानै देखी क्रिकेटमा लगाव रहेका विशालले सानो उमेरमा टेनिस बलले थुप्रै क्रिकेट खेले । फुर्सदको समयमा क्रिकेट हेरेर समय बिताउने उनले क्रिकेट खेललाई नै प्राथमिकता राख्ने निर्णय लिए । सुरुवातमा परिवारबाट सहयोग नआएपनि सन् २०१७ मा यू-१६ इस्टर्न रिजन प्रतियोगिताको लागि ४५ खेलाडी सम्मिलित बन्द प्रशिक्षणमा नाम आएपछि भने बुबा झलकको निर्णय बदलियो । उनी आफैं छोरालाई क्रिकेटमा लाग्न हौसला बढाउन थाले ।

कलिलो उमेरमै बुबा झलकले विशाललाई क्रिकेट सिक्न भारतको चर्चित शहर बेंगलोर पुर्याए । दुई महिना बेंगलोरमा प्रशिक्षणपछि विशाल दिल्ली फर्किए । बेंगलोर निकै टाढा भएपछि विशाल दिल्ली फर्किएका थिए । दिल्लीस्थित वालभवन इन्टरनेशनल क्रिकेट एकेडेमीबाट झण्डै तीन वर्ष क्रिकेट सिके । उनले सँगसँगै आफ्नो अध्ययन पनि जारि नै राखे । विशालले यसै वर्ष त्यहिबाट एसएलसी दिएका छन् ।

विशालका बुबा झलक र आमा देवी

‘ मलाई यहाँसम्म ल्याउन सबै वुवाको हात छ । अहिले त आफ्नै क्रिकेट एकेडेमी पनि खोल्दिनु भएको छ । बुबाले मलाई राम्रो क्रिकेटर बनाउन कुनै कुरामा पनि पछि हट्नुहुँदैन’ ,विशाल भन्छन्, ‘ मैले वहाँकै लागि भएपनि क्रिकेटमा लामो यात्रा तय गर्नुछ ।’

ग्रेटर नोएडामा दुई महिनाअघि आफ्नै क्रिकेट एकेडेमी खोलिदिएका झलकले त्यसअघि एक वर्ष सम्म निजी प्रशिक्षक समेत राखिदिएका थिए । बुबा आफैंले स्थापना गरेको ब्याट्रीक क्रिकेट एकेडेमीमा अहिले विशालजस्तै थुप्रै खेलाडी प्रशिक्षण लिइरहेका छन् । एकेडेमीले स्थापनाको छोटो समयमा नै मैत्रीपूर्ण सिरिजको समेत आयोजना गरिसकेको छ ।

बुबाले देखेको सपना पुरा विशाल कडा मिहिनेत गरिरहेका छन् । यू-१६ पछि यू-१९ उमेर समूहमा अवसर पाएका उनले देशको लागि खेल्न पाउँदा गर्वको अनुभूति भएको बताए । ‘यू-१९ मा अवसर पाएको खण्डमा त्यसको सदुपयोग गर्नेछु । यो मेरो मिहिनेतको परिक्षा हो भन्ने बुझेको छु । अहिलेको प्रदर्शनले घरेलु क्रिकेटमा खेल्ने अवसर मिल्छ, जुन सिनियर टोलीमा पुग्ने बाटो हो । यसका लागि सक्दो प्रयास गर्नेछु,’ विशालले टुंग्याए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.