6 years ago
July 5, 2019
एजेन्सी – ओपनर रित गौतमको शतक र कुशल मल्लको उत्कृष्ट अलराउण्डर प्रर्दशनसँगै नेपालले एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

फराकिलो जितसँगै नेपाल समुह ए को विजेता बनेको छ । नेपालले अव आगमी सोमबार समुह बी को उप विजेतासँग सेमिफाइनल खेल्ने छ । ३ सय २७ रनको विशाल लक्ष्य पक्ष्याएको सिंगापुर ३९.१ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटियो । सिंगापुरको लागि हरि कुकरेजाले सर्वाधिक ३० रनको योगदान दिए ।
३७ औं ओभरको अन्तिम बलमा कुशल मल्लले एलवी डब्लू आउट गर्नुअघि हरिले ६३ बलमा २ चौका प्रहार गरे । एक समय १९.३ ओभरमा ५०(६ को कमजोर अवस्थामा पुगेको सिंगापुरलाई साँतौ विकेटका लागि हरिले चन्द्रमौली श्रीदेवसँग ५२ रनको साझेदारी गर्दै हारको अन्तर घटाएका थिए । श्रीदेवले ५६ बलमा ३ चौका सहित २३ रनको योगदान दिए । अम्पायरले बल गन्तीमा गल्ति गरेपछि कुशलले ३७ औं ओभरमा सातौं बल समेत गर्दै लगातार विकेट लिएका थिए ।

ओपनर कन्नुसमी सतीशले २४ रनमा को योगदान दिए । सागर ढकालले १५ ओभरको पाँचौ बलमा कप्तान रोहित कुमार पौडेलबाट क्याच गराउनु अघि उनले ५५ बलमा ३ चौका प्रहार गरे । अर्का ओपनर शाईं हर्ष भेनुगोपाललाई राशिद खानले १ रनमा क्याच आउट गराए । भिनित मेहतालाई १६ ओभरको चौथो बलमा कुशल मल्लले ५ रनमा एलबी डब्लू आउट गरे । प्रमेश सिंहहाबी ३ रनमा आउट भए । सिंगापुरका ब्याट्सम्यानले ८ दोहोरो अंकमा रन छुन सकेनन् ।
नेपाललाई फराकिलो जित दिलाउन कुशल मल्लले ९ ओभरमा १ मेडन १४ रन खर्चेर ४विकेट हात पारे । त्यस्तै तिलक भण्डारीले २ ,राशिद खान र सागर ढकालले समान १ विकेट हात पारे ।

त्यसअघि शुक्रबार किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय २६ रन बनायो । नेपालका लागि ओपनर रित गौतम १ सय ३७ बलमा १० चौका र १ छक्का सहित १ सय १५ रनमा अविजित रहे । रितले १ सय ३१ बलमा शतक पुरा गरेका थिए ।
तल्लोक्रममा कुशल मल्लले विश्फोटक ब्याटिङ गर्दै मात्रै २३ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहेपछि नेपालले विशाल योगफल तयार पार्न सफल भएको हो । कुशलले अन्तिम ओभरमा ४ चौका र १ छक्का सहित २२ रन बटुलेका थिए ।

त्यसअघि १५ औं ओभरको चौथो बलमा ओपनर पवन सरार्फ आउट भएसँगै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका खडक बहादुर बोहराले उत्कृष्ट ९० रनको महत्वपूर्ण योगदान दिए । ४० ओभरको पहिलो बलमा प्रनव सुदर्शन राजेश कृष्णनले एलबी डब्लू आउट गर्नु अघि खडकले ९० बलमा १२ चौका प्रहार गरे । दोस्रो विकेटका लागि खडक र रित गौतमले १ सय ३१ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपाल बलियो योगफलमा पुगेको थियो ।
नेपालका लागि ओपनर पवन सरार्फ ४५ रनमा आउट भए । १५ औं ओभरको चौथो बलमा भिनित चितेश मेहता क्याच गराउँनु अघि पवनले ४१ बलमा १० चौका प्रहार गरे । पवन र रितले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कप्तान रोहित कुमार पौडेल भने ७ रनमा क्याच आउट हुन पुगे ।डेब्यू गरेका विशाल बिक्रम केसी भने १ रनमा बोल्ड आउट भए । सिंगापुरका लागि प्रनव सुदर्शन राजेश कृष्णन र भिनित चितेश मेहताले समान २ विकेट हात पारे ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]