6 years ago
July 5, 2019
एजेन्सी – युवा ओपनर इमाम उल हकको शतकसँगै एक दिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई ३ सय १६ रनको विशाल लक्ष्य दिएको छ ।

शुक्रबार लर्डसमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १५ रन बनायो ।
पाकिस्तानका ओपनर इमामले उल हकले १ सय रनको योयदान दिए । ४२ ओभरको पाँचौ बलमा हिट विकेटका रुपमा आउट हुँदै पेभिलिन फर्किनु अघि उनले १ सय बलमा ७ चौका प्रहार गरे । उनले ९९ बलमा वान डे करिअरको सातौं तथा विश्वकपमा पहिलो शतक पुरा गरेका थिए ।
त्यस अघि ३२ ओभरको अन्तिम बलमा मोहम्मद सैफुद्दीनले एलवी डब्लू आउट गर्दै बाबर आजमलाई ९८ बलमा ११ चौका सहित ९६ रनमा पेभिलिएन फर्काए । बाबर ४ रनले शतक बनाउन चुके । दोस्रो विकेटका लागि बाबर र इमामले १ सय ५७ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै इनिङ उकासे ।
सैफुद्दीनलेनै ओपनर फकार जमानलाई ८ औं ओभरको दोस्रो बलमा मेहदी हसन मिराजबाट १३ रनमा क्याच आउट गराए । मोहम्मद हफिज २७,हरिस सोहेल ६,कप्तान शरफराज ३,अहमद, वहाब रियाज २, सादव खान १ रनमा आउट भए । इमाद वासिमले २६ बलमा ६ चौका र १ छक्का ४३ रनमा क्याच आउट भए ।
बंगलादेशका लागि मुस्ताफिजुर रहमानले १० ओभरमा ७५ रन खर्चेर ५ विकेट लिए । मोहम्मद सैफुद्दीन ३ र मेहदी हसनको नाममा १ विकेट रह्यो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]