default_image

6 years ago

July 5, 2019

पाकिस्तान विजयी हुँदा न्युजिल्यान्ड सेमिफाइनलमा !

140 views

0 Bookmark

एजेन्सी – तीब्र गतिका बलर शाहिन शाह अफ्रिदीले एक्लै ६ विकेट लिएसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गरेको छ ।

यद्यपी जितका बाबजुद पाकिस्तान लिग चरणबाटै बाहिरिएको छ । न्युजिल्यान्ड र पाकिस्तानको समान ११ अंक भएपनि नेट रन रेटका आधारमा न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

३ सय १६ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४४.१ ओभरमा अल आउट हुँदै २ सय २१ रनमा रनमा समेटियो । बंगलादेशका लागि सकीब अल हसनले सर्वाधिक ६४ रनको योगदान दिन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । शाहिन शाह अफ्रिदीले ३३ ओभरको 

पहिलो बलमा कप्तान शरफराज अहमदबाट क्याच आउट गराउनु अघि सकीबले ७७ बलमा ६ चौका प्रहार गरे । 

बंगलादेशका ओपनर तामिम इकवाल ८ र सौम्य सरकारलाई २२ रनमा गुमाएको थियो । मुश्फिकुर रहिम १६,लिटन दास ३२,महमुदूल्लाह २९ मोसाद्देक हसन १६ रनमा क्याच आउट भए । 

पाकिस्तानका लागि युवा खेलाडी शाहिन शाह अफ्रिदीले करिअरकै उत्कृष्ट प्रर्दशन गर्दै ९.१ ओभरमा ३५ रन खर्चेर ६ विकेट लिए ।  सादव खान २, मोहम्मद आमिर  र वहाब रियाजको नाममा समान १ विकेट रह्यो । 

त्यसअघि लर्डसमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १५ रन बनाएको थियो ।

पाकिस्तानका ओपनर इमामले उल हकले १ सय रनको योयदान दिए । ४२ ओभरको पाँचौ बलमा हिट विकेटका रुपमा आउट हुँदै पेभिलिन फर्किनु अघि उनले १ सय बलमा ७ चौका प्रहार गरे । उनले ९९ बलमा वान डे करिअरको सातौं तथा विश्वकपमा पहिलो शतक पुरा गरेका थिए।

त्यस अघि ३२ ओभरको अन्तिम बलमा मोहम्मद सैफुद्दीनले एलवी डब्लू आउट गर्दै बाबर आजमलाई ९८ बलमा ११ चौका सहित ९६ रनमा पेभिलिएन फर्काए । बाबर ४ रनले शतक बनाउन चुके । दोस्रो विकेटका लागि बाबर र इमामले १ सय ५७ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै इनिङ उकासे ।

सैफुद्दीनलेनै ओपनर फकार जमानलाई ८ औं ओभरको दोस्रो बलमा मेहदी हसन मिराजबाट १३ रनमा क्याच आउट गराए । मोहम्मद हफिज २७,हरिस सोहेल ६,कप्तान शरफराज ३,अहमद, वहाब रियाज २, सादव खान १ रनमा आउट भए । इमाद वासिमले २६ बलमा ६ चौका र १ छक्का ४३ रनमा क्याच आउट भए । 

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले १० ओभरमा ७५ रन खर्चेर ५ विकेट लिए । मोहम्मद सैफुद्दीन ३ र मेहदी हसनको नाममा १ विकेट रह्यो ।

पाकिस्तान ९ खेलमा ५ मा जित र ३ मा हारका साथ ११ अंक जोड्दै पाँचौ स्थानमा रहेर यस विश्वकप समाप्त गर्यो । त्यस्तै ९ खेलमा ५ मा जित र ३ मा हारका साथ समान ११ अंक भएपनि नेट रनरेटले अघि रहँदै न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गर्यो । त्यस्तै बंगलादेशले ९ खेलमा ३ मा जित र ५ मा हारका साथ सातौं स्थानमा रहेर विश्वकप समाप्त गर्यो । 

अष्ट्रलिया,भारत,इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनमा पुगेका छन् । भारत र अष्टे«लियाले एक एक खेल खेल्न बाँकी छ । यी दुई देशको नतिजाले विश्वकपको सेमिफाइनल समिकरण मिल्ने छ । सेमिफाइनलमा शीर्ष स्थानमा रहेको टोलीले चौथो स्थानको टिमसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै दोस्रो र तेस्रो स्थानमा रहेका टोलीबीच दोस्रो सेमिफाइनल हुने छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.