6 years ago
July 6, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आजको पहिलो खेलमा श्रीलंकाले भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

भारतले आजको खेल दुई खेलाडी परिवर्तन गरेको छ । कुलदीप यादव र रविन्द्र जडेजालाई मौका दिँदा चहल र मोहम्मद सामीलाई भने आराम दिएको छ । श्रीलंकाले भने एक खेलाडी परिवर्तन गरेको छ । थिसेरा परेरालाई मौका दिएको छ ।
श्रीलंकाको प्लेइङ ११ : दिमुथ करुणारत्ने(कप्तान), कुशल परेरा, अविष्का फर्नान्डो, कुशल मेन्डिस, एन्जिलो मेथ्युज, लहिरु थिरिमने, धनञ्जय डी शिल्भा, इसुरु उडना,तिसेरा परेरा, कसुन राजिथ र लाथिस मलिंगा
भारतको प्लेइङ : लोकेश राहुल, रोहित शर्मा, विराट कोहली(कप्तान), ऋषभ पन्त, महेन्द्र सिंह धोनी, दिनेश कात्तिक, हार्दिक पान्ड्या, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, कुलदीप यादव र जसप्रित बुमराह

प्रतियोगिताबाट बाहिरिसकेको श्रीलंकाका लागि यो प्रतिष्ठाको लडाई मात्र हुनेछ । भारत आजको खेलमा विजयी भए र उता अष्ट्रेलिया दक्षिण अफ्रिकासँग पराजित भएको खण्डमामात्रै शीर्ष स्थानमा उक्लिने छ । शीर्षस्थानको टोलीले चौथो स्थानमा रहेको न्युजिल्यान्डसँग सेमिफाइनल खेल्ने छ । त्यसैले भारत शीर्ष स्थानमा उक्लन चाहन्छ । उता अष्ट्रेलिया विजयी भए भारत र इंग्ल्यान्डबीच सेमिफाइनल हुनेछ । अष्ट्रेलिया विजयी भए न्युजिल्यान्डसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ ।
भारत ८ खेलमा ६ मा जित र १ मा हारका साथ १३ अंक जोड्दै दोस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । त्यस्तै ८ खेलमा समान ३ मा जित र हारका साथ श्रीलंका छैटौं स्थानमा छ । २ खेल बर्षाको कारण रद्द भएको थियो ।
विश्वकपमा भारत र श्रीलंकाबीच हालसम्म ८ खेल भएको छ । जसमा श्रीलंका ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ । १ खेल नतिजाविहीन छ । स्रमगमा भारत र श्रीलंकाबीच ९३ वान डे खेल भएको छ । जसमा भारत ४९ खेलमा विजयी हुँदा ३६ खेलमा पराजित भएको छ । ८ खेल नतिजाविहिन छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]