default_image

5 years ago

July 14, 2019

नेपालको ऐतिहासिक क्लिनस्वीपमा बनेका तीन कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियासँगको दुई अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिजमा ऐतिहासिक क्लिनस्वीप गरेको छ । आइतबार दोस्रो रोमान्चक खेलमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले २-० ले सिरिज क्लिनस्विप गरेको हो । पहिलो खेलमा शनिबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । आइतबार १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली मलेसिया […]

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियासँगको दुई अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिजमा ऐतिहासिक क्लिनस्वीप गरेको छ । आइतबार दोस्रो रोमान्चक खेलमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले २-० ले सिरिज क्लिनस्विप गरेको हो ।

पहिलो खेलमा शनिबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । आइतबार १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली मलेसिया २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनाउन सक्यो ।

अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको अवस्थामा अभिनाश बोहोराले उत्कृष्ट बलिङ गरेपछि नेपालले रोमान्चक जित हात पारेको हो । ऐतिहासिक क्लिनस्वीपसँगै नेपालले यी ३ नयाँ कीर्तिमान पनि रचेको छ ।

३.सर्वाधिक उच्च स्कोर टी ट्वान्टी आईमा नेपालले आज मलेसियासँग बनाएको १ सय ७३ रन हाल सम्मकै उच्च स्कोर हो । यस अघि सन् २०१४ को टी ट्वान्टी विश्वकप क्रिकेटमा हङकङविरुद्द बनाएको १ सय ४९ रननै नेपालको टी ट्वान्टी आईमा उच्च स्कोर रहँदै आएको थियो ।

२.विनोदको सर्वाधिक छिटो अर्धशतक विकेटकीपर तथा आक्रामक ब्याट्सम्यान विनोद भण्डारीले टी ट्वान्टी क्रिकेटमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने रेकर्ड बनाएका छन् । मलेसियासँगको दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी अन्तर्राष्ट्रियमा २५ बलमै ५ छक्का र ३ चौका सहित ५१ रनमा अविजित रहे ।

यसअघि टी ट्वान्टी आईमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने रेकर्ड पारस खड्काको नाममा रहेको थियो । पारसले शनिबार मात्रै मलेसिया पहिलो खेलमा ३२ बलमा पुरा गरेका थिए । टी ट्वान्टी आईमा विनोद नेपालबाट अर्ध शतक पुरा गर्ने चौथो खेलाडी हुन् ।

१.पहिलो पटक क्लिनस्वीप नेपालले मलेसियासँगको दुई अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिजमा ऐतिहासिक क्लिनस्वीप गरेको छ । आइतबार दोस्रो खेलमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले २-० ले सिरिज क्लिनस्विप गर्न सफल भएको हो । पहिलो खेलमा शनिबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो ।

नेपालले पहिलो पटक टी ट्वान्टी आई सिरिज क्लिनस्वीप गर्न सफल भएको हो । नेपालले पहिलो टी ट्वान्टी आई सिरिज सन् २०१५ मा हङकङसँग खेलेको थियो । पाँच टी ट्वान्टी उक्त सिरिज वर्षाको कारण ४ खेल रद्द हुँदा १-०ले हारेको थियो । सन् २०१५ मै ग्लोवल विश्वकप छनोट अघि नेदरल्यान्डसँगको चार टी ट्वान्टी सिरिज ३-१ ले गुमाउन पुग्यो ।

गतवर्ष लर्ड्समा नेपाल, एमसीसी र नेदरल्यान्डसँगको त्रिकोणात्मक टी ट्वान्टी सिरिज नेदरल्यान्डसँग बाँडेको थियो । नेपालले गत माघमा यूएईलाई २–१ ले हराउँदै पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिज जितेको थियो ।

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

Success

Thank you for your time.