6 years ago
July 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियासँगको दुई अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिजमा ऐतिहासिक क्लिनस्वीप गरेको छ ।

आइतबार दोस्रो रोमान्चक खेलमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले २-० ले सिरिज क्लिनस्विप गरेको हो । पहिलो खेलमा शनिबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । आइतबार १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली मलेसिया २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको अवस्थामा अभिनाश बोहोराले उत्कृष्ट बलिङ गरेपछि नेपालले रोमान्चक जित हात पारेको हो । ऐतिहासिक क्लिनस्वीपसँगै नेपालले यी ३ नयाँ कीर्तिमान पनि रचेको छ ।
३. सर्वाधिक उच्च स्कोर
टी ट्वान्टी आईमा नेपालले आज मलेसियासँग बनाएको १ सय ७३ रन हाल सम्मकै उच्च स्कोर हो । यस अघि सन् २०१४ को टी ट्वान्टी विश्वकप क्रिकेटमा हङकङविरुद्द बनाएको १ सय ४९ रननै नेपालको टी ट्वान्टी आईमा उच्च स्कोर रहँदै आएको थियो ।
२. विनोदको सर्वाधिक छिटो अर्धशतक
विकेटकीपर तथा आक्रामक ब्याट्सम्यान विनोद भण्डारीले टी ट्वान्टी क्रिकेटमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने रेकर्ड बनाएका छन् ।

मलेसियासँगको दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी अन्तर्राष्ट्रियमा २५ बलमै ५ छक्का र ३ चौका सहित ५१ रनमा अविजित रहे । यसअघि टी ट्वान्टी आईमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने रेकर्ड पारस खड्काको नाममा रहेको थियो । पारसले शनिबार मात्रै मलेसिया पहिलो खेलमा ३२ बलमा पुरा गरेका थिए । टी ट्वान्टी आईमा विनोद नेपालबाट अर्धशतक पुरा गर्ने चौथो खेलाडी हुन् ।
१. पहिलो पटक क्लिनस्वीप
नेपालले मलेसियासँगको दुई अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिजमा ऐतिहासिक क्लिनस्वीप गरेको छ । आइतबार दोस्रो खेलमा मलेसियालाई ६ रनले पराजित गर्दै नेपालले २-० ले सिरिज क्लिनस्विप गर्न सफल भएको हो । पहिलो खेलमा शनिबार नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । नेपालले पहिलो पटक टी ट्वान्टी आई सिरिज क्लिनस्वीप गर्न सफल भएको हो ।

नेपालले पहिलो टी ट्वान्टी आई सिरिज सन् २०१५ मा हङकङसँग खेलेको थियो । पाँच टी ट्वान्टी उक्त सिरिज वर्षाको कारण ४ खेल रद्द हुँदा १-०ले हारेको थियो । सन् २०१५ मै ग्लोवल विश्वकप छनोट अघि नेदरल्यान्डसँगको चार टी ट्वान्टी सिरिज ३-१ ले गुमाउन पुग्यो । गतवर्ष लर्ड्समा नेपाल, एमसीसी र नेदरल्यान्डसँगको त्रिकोणात्मक टी ट्वान्टी सिरिज नेदरल्यान्डसँग बाँडेको थियो । नेपालले गत माघमा यूएईलाई २–१ ले हराउँदै पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय टी ट्वान्टी सिरिज जितेको थियो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]