6 years ago
July 16, 2019
एजेन्सी – इंग्ल्यान्डले पहिलो पटक एक दिवसिय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार विश्वकप इतिहासकै सर्वाधिक रोमान्चक फाइनल खेलमा घरेलु टोली इंग्ल्यान्डले सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै पहिलो पटक विश्वकपको उपाधि जितेको हो ।

एकदिवसिय विश्वकप २०१९ मा सर्वाधिक रन बनाउने पाँच खेलाडी र ती खेलाडीले गरेको प्रर्दशन यस प्रकार छ ।
५.जो रुट (इंग्ल्यान्ड)

विश्वपक २०१९ मा सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा इंग्ल्यान्डका युवा खेलाडी जो रुट पाँचौ स्थानमा रकेका छन् । इंग्ल्यान्डलाई विश्वकप जिताउन उत्कृष्ट प्रर्दशन गरेका रुटले ११ खेलमा २ शतक र ३ अर्ध शतक सहित कुल ५ सय ५६ रन जोडे । जसमा कुल ४८ चौका र २ छक्का सामेल छ ।
पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध ५१ रन जोडेका रुटले अर्को खेलमा पाकिस्तानसँग १ सय ७ रनको शतकीय इनिङ खेलेपनि इंग्ल्यान्ड पराजित भएको थियो । त्यस्तै बंगलादेशसँग २१,वेस्ट इन्डिजसँग १ सय र अफगानिस्तानसँगको खेलमा ८८ रन जोडे । श्रीलंकासँग ५७,अष्ट्रलियासँग ८,भारतसँग ४४,न्युजिल्यान्डसँग २४ रनको योगदान दिए । सेमिफाइनल खेलमा अष्टे«लियासँग ४९ रनमा अविजित रहेका रुटले फाइनल खेलमा न्युजिल्यान्डसँग ७ रन जोडे । इंग्ल्यान्डलाई पहिलो पटक विश्वकप उपाधि जिताउन रुटको प्रर्दशन महत्वपूर्ण रह्यो ।
४. केन विलियमसन (न्युजिल्यान्ड)

न्युजिल्यान्डलाई विश्वकपको उप विजेता बनाउन कप्तान केन विलियमसनको कप्तानी र प्रर्दशन दुबै उत्कृष्ट रह्यो । विलियमसन सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा चौथो स्थानमा रहे । न्युजिल्यान्डका शीर्षक्रमका ब्याट्सम्यान निरन्तर फ्लप हुँदा विलियमसनले निरन्तर उत्कृष्ट प्रर्दशन गरि रहे ।
उनले बंगलादेशसँग ४० र अफगानिस्तानसँग ७९ रनमा अविजित रहे । दक्षिण अफ्रिकासँग १ सय ६ र वेस्ट इन्डिजको खेलमा १ सय ४८ रन प्रहार गर्दै लगातार शतक पुरा गरेका थिए । पाकिस्तानसँग ४१ र अष्टे«लियासँग ४० रनको योगदान दिए । इंग्लयान्डसँग २७ रन जोडे । भारतलाई सेमिफाइनलमा निराश बनाउन उनले ६७ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै फाइनल खेलमा इंग्ल्यान्डसँग ३० रन जोडे । सम्रगमा उनले ९ इनिङमा समान २ शतक र अर्ध शतक सहित कुल ५ सय ७८ रन बटुले । जसमा कुल ५० चौका र ३ छक्का सामेल छ । विलियमसननै विश्वकपमा म्यान अफ द सिरिज चुनिए । उनको प्रर्दशनसँगै कप्तानी पनि सर्वोउत्कृष्ट रह्यो ।जसको कारण न्युजिल्यान्डले यस विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्न सफल भयो ।
३. सकिब अल हसन (बंगलादेश)

अलराउण्डर सकिब अल हसनको उत्कृष्ट अल राउण्डर प्रर्दशनका बाबजुदपनि बंगलादेश समुह चरणबाटै बाहिरिनु पर्यो । सकिबले ८ खेलमा २ शतक र ५ अर्ध शतक सहित कुल ६ सय ६ रन बटुले । जसमा ६० चौका र २ छक्का सामेल छ ।
सकिबले पहिलो खेलमै दक्षिण अफ्रिकासँग ७५ रन जोडेका थिए । न्युजिल्यान्डसँग ६४,इंग्ल्यान्डसँग १ सय २१,वेस्ट इन्डिजसँग १ सय २४,अष्टे«लियासँग ४१,अफगानिस्तानसँग ५१,भारतसँग ६६ र पाकिस्तानसँग ६४ रन जोडेपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा बंगलादेश समुह चरणबाटै बाहिरियो । सकिबले बलिङतर्फ ११ विकेट आफ्नो नाममा लेखाए ।
२. डेविड वार्नर (अष्ट्रेलिया)

अष्टेलियाका ओपनर डेविड वार्नर विश्वकपका सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा दोस्रो स्थानमा रहेका छन् । एक वर्षको प्रतिवन्धपछि यसै विश्वकप मार्फत अष्टे«लियाको टोलीमा कमब्याक गरेका उनले १० खेलमा समान ३ शतक र ३ अर्ध शतक सहित कुल ६ सय ४७ रन जोडे । जसमा ६६ चौका र ८ छक्का सामेल छ ।
वार्नरले पहिलो खेलमै अफगानिस्तानसँग ८९ रनमा नट आउट रहेका थिए । त्यस्तै वेस्ट इन्डिजसँग ३,भारतसँग ५६,पाकिस्तानसँग १ सय ७,श्रीलंकासँग २६ र बंगलादेशसँग १ सय ६६ रनको उत्कृष्ट इनिङ खेले । इंग्ल्यान्डसँग ५३,न्युजिल्यान्डसँग १६ र दक्षिण अफ्रिकासँग १ सय २२ रनको इनिङ खले । सेमिफाइनलमा इंग्ल्यान्डसँग ९ रनमा आउट हुन पुगे । उनको यस प्रर्दशनले कुनै पनि समय समर्थकलाई एक वर्षको प्रतिबन्धको अनुभवनै गर्न दिएनन् ।
१. रोहित शर्मा (भारत)

भारतीय टोलीका ओपनर रोहित शर्मा यस विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । रोहितले यस विश्वकपमा पाँच शतक प्रहार गर्दै एकै विश्वकपमा सर्वाधिक शतक पुरा गर्ने रेकर्ड समेत रचे ।
रोहितले ९ खेलमा ५ शतक र १ अर्ध शतक सहित कुल ६ सय ४८ रन बटुले । जसमा ६७ चौका र १४ छक्का सामेल छ । रोहितले पहिलो खेलमै दक्षिण अफ्रिकासँग १ सय २२ रनमा अविजित इनिङ खेलेका थिए । त्यस्तै अष्टे«लियासँगको खेलमा ५७, पाकिस्तानसँग १ सय ४० रनको उत्कृष्ट शतकीय इनिङ खेले ।
अफगानिस्तानसँगको खेलमा १ रनमा आउट हुँदा वेस्ट इन्डिजसँग १८ रन बटुले । इंग्ल्यान्डसँग १ सय २,बंगलादेशसँग १ सय ४ र श्रीलंकासँग १ सय ३ रन प्रहार गर्दै लगातार तीन शतकको कीर्तिमान कायम गरे । न्युजिल्यान्डसँगको खेलमा १ रनमा आउट हुँदा भारत सेमिफाइनलबाटै बाहिरिन पुग्यो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]