6 years ago
July 16, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट २०१९ को उपाधि घरेलु टोली इंग्ल्यान्डले जितेको छ। फाइनल र सुपर ओभर पनि बराबर भएपछि आइतबार राती न्युजिल्यान्डलाई बाउन्ड्री काउन्ट अर्थात चौका छक्का धेरै प्रहार गरेको आधारमा पराजित गर्दै इंग्ल्यान्ड च्याम्पियन बनेको हो ।

यो विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी भारतीय टोलीका ओपनर रोहित शर्मा बने । रोहितले १० खेलमा ५ शतक सहित कुल ६ सय ४८ रन बटुले । त्यस्तै सर्वाधिक विकेट लिने खेलाडी अष्ट्रेलियाका मिचेल स्टार्क रहे । स्टार्कले १० खेलमा कुल २७ विकेट लिए । एकै खेलमा सर्वाधिक रन बनाउने अष्ट्रेलियाका ओपनर डेविड वार्नर बने । उनले बंगलादेशसँग १ सय ६६ रन जोडेका थिए । बलिङतर्फ पाकिस्तानका तीब्र गतिका युवा बलर शाहिन शाह अफ्रिदी रहे । उनले बंगलादेशविरुद्ध लिएको ६ विकेट एकै खेलको उत्कृष्ट प्रर्दशन रह्यो ।
विश्वकपमा इंग्ल्यान्डका जोफ्रा आर्चर, पाकिस्तानका शाहिन शाह अफ्रिदी, बंगलादेशका मुस्ताफिजुर रहमान जस्ता युवा खेलाडीले उत्कृष्ट प्रर्दशन गर्नुको साथै राम्रो प्रभाव छाडे । तर यस विश्वकपमा ठूला आसा र नाम गरेका थुप्रै स्टार खेलाडीको प्रर्दशन निराशजनक रह्यो । जसले आसा गरेको भन्दा निकै खराब प्रर्दशन गर्दै आफ्ना समर्थक र टोलीलाई निराश बनाए । यी पाँच फ्लप स्टार खेलाडी जसको विश्वकपमा प्रर्दशन यस्तो रह्यो ।
५. मार्कस स्टोइनस (अष्ट्रेलिया)
अष्ट्रेलियाका प्रमुख युवा अलराउण्डर मार्कस स्टोइनसको प्रर्दशन पनि सम्झन लायक रहेन । सन् २०१८ मा अष्ट्रेलियाको उत्कृष्ट क्रिकेट खेलाडी घोषित भएको उनले कुनै पनि खेलमा राम्रो प्रर्दशन गर्न सकेनन् । वेस्ट इन्डिज, भारत, बंगलादेश, इंग्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र सेमिफाइनलमा इंग्ल्यान्डसँग क्रमश : १९,डक,१७,८,२१,२२ र डक आउट भए । बलिङतर्फ स्टोइनिसले ७ विकेट लिए ।

४. ग्लेन म्याक्सवेल (अष्ट्रेलिया)
अष्ट्रेलियाका स्टार फिनिसर ग्लेन म्याक्सवेलको प्रर्दशन पनि राम्रो हुन सकेन । तल्लोक्रममा विश्फोटक ब्याटिङको आसा गरेपनि म्याक्सवेलले आफ्नो क्षमता अनुसार कुनै पनि खेलमा प्रर्दशन देखाउन सकेनन् । म्याक्सवेलले १० खेलमा १ सय ७७ रन मात्रै बनाउन सके । १९ चौका र ७ छक्का प्रहार गरेका उनले कुनै पनि खेलमा अर्ध शतक प्रहार गर्न सकेनन् । श्रीलंकासँगको खेलमा ४६ रननै उनको लागि यस विश्वकपमा बनाएको उच्च स्कोर हुन पुग्यो ।
३. मार्टिन गुप्टिल (न्युजिल्यान्ड)
न्युजिल्यान्डका विश्फोटक ओपनर मार्टिन गुप्टिलको प्रर्दशन पनि यस विश्वकपमा खराब रह्यो । न्युजिल्यान्ड फाइनलमा पुगेपनि उनले कुनै पनि खेलमा ठूलो इनिङ खेल्न सकेनन् । श्रीलंकासँग पहिलो खेलमा ७३ रनमा अविजित रहेका गुप्टिल त्यस बाहेक अन्य कुनै पनि खेलमा राम्रो प्रर्दशन गर्न सकेनन् । गुप्टिलले १० खेलमा १ सय ८६ रन बनाए । अफगानिस्तान र वेस्ट इन्डिजसँगको खेलमा डक आउट हुँदा उनले भारतसँगको सेमिफाइनल खेलमा १ रनमा पेभिलिएन फर्केका थिए ।

इंग्ल्यान्डसँगको फाइनल खेलमा १९ रनमात्रै जोडे । गुप्टिल कम्तिमा फाइनल खेलमा ठूलो इनिङ खेल्न सकेका भए न्युजिल्यान्ड विश्वकप च्याम्पियन बन्न सक्थ्यो। गुप्टिल सन् २०१५ को विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । त्यसै विश्वकपमा वेस्ट इन्डिजसँगको खेलमा २ सय ३७ रनमा अविजित रहँदै गुप्टिलले नयाँ कीर्तिमान रचेका थिए। तर यस विश्वकपमा उनको प्रर्दशन निकै खराब रह्यो ।
२. फकार जमान (पाकिस्तान)
पाकिस्तानका ओपनर फकार जमानको प्रर्दशन पनि खराब रह्यो । सन् २०१७ को च्याम्पियनशीप ट्रर्फिमा फाइनलमा भारतबीरुद्ध शतक प्रहार पर्दै पाकिस्तानलाई उपाधि जिताउन नायक बनेका जमान वान डे क्रिकेटमा सर्वाधिक छिटो एक हजार रन पुरा गर्ने खेलाडी समेत हुन् । जमानले जिम्बाबेविरुद्ध दोहोरो शतक प्रहार गर्दै सनसनी मच्चाएका थिए । तर यस विश्वकपमा जमानले ८ खेलमा १ मात्रै अर्ध शतक सहित कुल १ सय ८६ रन मात्रै बनाउन सके ।

पाकिस्तानको विश्वकपमा ब्याटिङ कमजोर हुनुमा प्रखुम ब्याट्सम्यान जमानको खराब लय पनि पर्दछ। भारतसँगको खेलमा ६२ रन प्रहार गर्न बाहेक जमानले अन्य कुनै पनि खेलमा राम्रो प्रर्दशन गर्न सकेनन् । जमान अफगानिस्तान र अष्ट्रेलियासँगको खेलमा डक आउट भएका थिए ।
१. राशिद खान (अफगानिस्तान)
अफगानिस्तानका युवा लेग स्पिनर तथा नव नियुक्त कप्तान राशिद खानको प्रर्दशन सम्झन लायक रहेन । अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो समय आफ्नो दबदबाह राख्दै आएका उनीबाट उत्कृष्ट प्रर्दशनको आसा गरेपनि उनले ९ खेलमा ६ विकेटमात्रै लिन सके । इंग्ल्यान्डसँग राशिदले ९ ओभरमा १ सय १० रन खर्चिदै विश्वकपमा एकै खेलमा सर्वाधिक महँगो बलरको खराब रेकर्ड राखे ।

राशिदले श्रीलंकासँग २,वेस्ट इन्डिज,पाकिस्तान,अष्ट्रेलिया र भारतसँगको खेलमा समान १ विकेट लिन बाहेक अन्य कुनै पनि खेलमा विकेट लिन सकेनन् । प्रमुख खेलाडी राशिदको खराब प्रर्दशनकै कारण अफगानिस्तान विश्वकपमा जित बिहिन हुँदै घर फर्किनु पर्यो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]