6 years ago
July 22, 2019
सिंगापुर (हाम्रो खेलकुद) – उपाधिको प्रमुख दाबेदार नेपालले आईसीसी टी२० एसिया विश्वकप छनोटको पहिलो खेल मंगलबार कतारसँग खेल्दै छ । खेल नेपाली समय अनुसार विहान ७:१५ पछि सुरु हुनेछ ।

नेपाल कतारमाथि सहज जित निकाल्दै सुखद सुरुवात गर्न चाहान्छ । उपाधिको एक्लो दाबेदारका रुपमा हेरिएको नेपालले कतारलाई सहजै हराउन सक्ने अनुमान गरिएको छ । कतार सोमबार पहिलो खेलमा आयोजक सिंगापुरसँग ३३ रनले पराजित हुँदै खराब सुरुवात गरेको छ । पहिलो पटक ग्लोबल छनोटमा पुग्ने लक्ष्य राखेको कतारलाई नेपालसँगको खेल जित्नै दबाब छ ।
कतारले सन् २००७ मा कुवतेमा भएको एसीसी टी २० प्रतियोगितामा नेपाललाई ३ विकेटले पराजित गरेको थियो । सन् २००९ मा कतारलाई नेपालले ६ विकेटले पराजित गरेको थियो । आईसीसी टी २० वरीयता अनुसार नेपाल ११ र कतार २१ औं स्थानमा छन् ।
कतार भन्दा नेपाल सबै पक्षमा अब्वल देखिन्छ । नेपाललाई मध्यक्रमका ब्याट्सम्यान ज्ञानेन्द्र मल्लको खराब लयले भने चिन्ता थपेको छ । मल्ललाई आफुलाई प्रमाणित गर्ने यो राम्रो अवसर समेत हो । मल्ल बाहेक अन्य सबै खेलाडी लयमा देखिन्छन् ।

गत जेठमा प्रधानमन्त्री कप क्रिकेटमा घाइते दीपेन्द्रसिंह ऐरी पूर्णरुपमा फिट हुँदा नेपालको मध्यक्रम ब्याटिङ झनै बलियो बनेको छ । औंलामा चोटका कारण दीपेन्द्रले मलेसियासँगको दुई टी२० खेल गुमाएका थिए । ओपनिङ कप्तान पारस खड्काले गर्ने निश्चित छ । पारसलाई साथ प्रदीप ऐरी र पवन सरार्फमध्य एकले साथ दिने छन् । मध्यक्रममा दीपेन्द्रसँगै,शरद भेषवकर र रोहित कुमार पौडेलले समाल्ने छन् ।
उत्कृष्ट लयमा देखिएका हिटर विनोद भण्डारीले फिनिङको जिम्मेवारी समाल्ने छन् । करण केसी र सोमपाल कामीबाट तल्लोक्रममा ठूला सर्टको आसा गर्न सकिन्छ । नेपालले तीन तीब्र गतिका बलर र दुई स्पिनर मैदान उतार्न सक्छ । स्पिनरको रुपमा सन्दीप लामिछानको स्थानमा टोलीमा निश्चित जस्तै हुँदा ललित नारायण राजवंशरी र वसन्त रेग्मी मध्य एकले स्थान पाउने छन् । यदी तीन स्पिनर खेलाए तीब्र गतिका बलर अभिनाष बोहोरालाई बेन्चमा राख्ने संभावना देखिन्छ ।

नेपालका लागि कप्तान पारस खड्का, सोमपाल कामी र सन्दीप लामिछाने प्रमुख हतियार हुन् । यता कतारका लागि सिंगापुरसँगको खेलमा ४ विकेट लिएका इकवाल हुसेन, अलराउण्डर तमोर शज्जाद र भरपर्दा ब्याट्सम्यान मोहम्मद तनविर उसका प्रमुख खेलाडी हुन् । कतारले नेपालसँग पहिलो पटक टी२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
यो पनि : नेपाललाई निराश बनाउन सक्ने कतारका ३ स्टार
यो पनि : नेपालले उपाधि जित्न सक्ने ४ आधार
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]