6 years ago
July 24, 2019
सुबास हुमागाईं, सिंगापुर
आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाको सामना गर्दैछ । वर्षाका कारण रोकिएको खेल वर्षा रोकिएसँगै सुरु हुने सम्भावना बढेको छ ।

अम्पायरले मैदान निरीक्षण गरेसंगै स्थानीय समय अनुसार ११:३० (नेपाली ९:१५) मा टस हुने र ११:४५ (नेपाली ९:३०) मा खेल सुरु हुने तय गरेका छन् । अहिले नेपाल र मलेसिया दुबै टोली अभ्यासको लागि मैदानमा छन् । कभर पूर्णत हटाईएको छ । खेल ६ देखि ८ ओभरको हुन सक्ने बुझिएको छ । यद्यपी आधिकारीका जानकारी भने आएको छैन ।
त्यस्तै वर्षा रोकिएपछि टोलीका कप्तान पारस खड्का खेल्ने सम्भावना रहेको छ । यसअघि अम्पायरसँग छलफलमा ज्ञानेन्द्र मल्ल गएपनि पारसले खेल्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । पारसले निरन्तर फिजियोसँग उपचार गराएको र उनको चोट गम्भीर नरहेका कारण छोटो ओभरको खेल हुने भएपछि उनले खेल्ने सम्भावना बढेको हो ।
पारस मंगलबार कतारसँगको खेलमा ढाडमा समस्या आएपछि दोस्रो इनिङमा बाहिर बसेका थिए । उनको स्थानमा दोस्रो इनिङमा पवन सर्राफले पूरै समय फिल्डिङ गरेका थिए । नेपालले अन्तिम दुई खेल शनिबार र आइतबार आयोजक सिंगापुर र कुवेतसँग खेल्नेछ ।

नेपाललाई अर्को चरणमा पुग्न आजको लागि जित्नै पर्ने हुन्छ । वर्षाले मलेसियाविरुद्ध खेल रद्द भएको अवस्थामा नेपाल अर्को चरण पुग्ने अंक गणितीय सम्भावना मात्र रहनेछ । अघिल्लो दिन कतारसँग ४ विकेटले पराजित हुनुको नतिजा नेपालको लागि भारि हुने भएको छ । आजको खेल रद्द भए मलेसियाले बाँकी खेलमा कम्तिमा एक हार भोगे मात्र नेपाल अगाडी बढ्नेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]