6 years ago
July 24, 2019
एजेन्सी – आयरल्यान्डसँगको एकमात्रै टेष्टमा घरेलु टोली इंग्ल्यान्ड पहिलो इनिङमा ८५ रनमै अल आउट हुन पुगेको छ ।

लर्डसमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले मात्रै २३.४ ओभरमा अल आउट हुँदै ८५ रनमा समेटियो । इंग्ल्यान्डका लागि ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । जोन डेनली २३,साम करन १८ र ओल्ली स्टोनले १९ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न नसकेका हुन् ।
टेष्टमा डेब्यू गरेका ओपनर जोसन रोय ५,रोरी बन्र्स ६,कप्तान जो रुट २,विकेटकीपर जोनी बेयरस्टो,मोइन अली र क्रिस वोक्स डक आउट भए । इंग्ल्यान्डलाई सस्तैमा रोक्न टिम मुतर्गले ९ ओभरमा २ मेडन सहित १३ रन खर्चेर ५ विकेट लिए । त्यस्तै मार्क अदिरले ७.४ ओभरमा १ मेडन सहित ३ र बोयड रन्किनले २ विकेट लिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]