6 years ago
July 24, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोट प्रतियोगितामा पहिलो जित हात पारेको छ । बुधबार आफ्नो दोस्रो खेलमा मलेसियामाथि ७ विकेटको सानदार जित निकाल्दै अघिल्लो चरणको सम्भावना कायमै राखेको हो । अघिल्लो दिन नेपाल कतारसँग ४ विकेटले स्तब्ध भएको थियो ।

टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । वर्षाको कारण निर्धारित समय भन्दा झण्डैं २ घण्टापछि सुरु भएको खेल ओभर घटाएर ९ मा झारिएको थियो । मलेसियाले प्रस्तुत गरेको ८४ रनको लक्ष्य पछ्याएको नेपालले कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानी उत्कृष्ट अर्ध शतकमा ८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो ।
नेपालले तेस्रो खेल कुवेतसँग आगमी शनिबार खेल्ने छ । कुवेतमाथि नेपालले फराकिलो जित निकाल्नुपर्ने हुन्छ । अन्तिम खेल आइतबार सिंगापुरसँग खेल्ने छ । अघिल्लो चरणमा प्रवेश गर्न यी दुबै खेलमा नेपालले फराकिलो जित निकाल्नुपर्ने हुन्छ । नेपालले फिल्डिङमा थुप्रै गल्ती गर्दा मलेसियाले बलियो योगफल तयार पारेको थियो । जसको कारण खेलपछि कप्तान ज्ञानेन्द्र मल्ललेनै असन्तुष्ट जनाएका छन् । मलेसियासँगको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै गर्दै अघिल्लो चरणको संभावना कायमै राख्न नायक बनेका ३ खेलाडी :
३. सन्दीप लामिछाने
नेपालको जितमा लेग स्पिनर सन्दीप लामिछानेको प्रर्दशन महत्वपूर्ण रह्यो । सन्दीपले मलेसियाका प्रमुख ब्याट्सम्यान सैयज अजीजको महत्त्वपूर्ण विकेट सहि समयमा लिएका थिए । मलेसियाले पहिलो ओभरमा आफ्नो दुई ब्याट्सम्यानलाई शुन्यमा गुमाएको थियो । तर अजीजले आक्रमक इनिङ खेल्दै विशाल योगफल तर्फ लम्काएका थिए । उनि नेपाली बलरको सामु खेलेर खेलेका थिए । उनि जति क्रिजमा टिक्छन् त्यतिनै नेपालको लागि घातक बन्दै गएको थियो ।

सन्दीपले चौथो ओभरको तेस्रो बलमा दीपन्द्र सिंह ऐरीबाट ३० रनमा क्याच आउट गराए । उनले १५ बलमा ५ चौका र १ छक्का प्रहार गरे । अजिजलाई सन्दपिले आउट नगरेको भए मलेसियाले विशाल योगफल बनाउदै नेपाललाई निरश पनि बनाउन सक्थ्यो । अजीज बाहेक अन्य कुनै पनि ब्याट्सम्यान खुलेर खेल्न पनि सकेनन् । २ ओभरमा १ महत्वपूर्ण विकेट लिदै १७ रन खर्चेका सन्दीपको प्रर्दशन नेपालको जिमा महत्वपूर्ण रह्यो ।
२. सोमपाल कामी
तीब्र गतिका बलर सोमपाल कामीले उत्कृष्ट पर्दशन गरे । सोमपालले पहिलो बलमै ओपनर अनवार अरुद्दीनलाई शुन्यमा क्याच आउट गराए । सोमपालले अन्तिम बलमा शफिक शरार्फलाई शुन्यमा एलवी डब्लू आउट गर्दै सुरुवाती समय दबाबमा राख्न सफल भए । तेस्रो ओभरमा सुरुवाती तीन चौका लगातार खर्चिए । तर सोमपालले अन्तिम बलमा अमिनुद्दीन रामलीलाई १ रनमा बोल्ड आउट गर्दै शीर्षक्रममा तीन ब्याट्सम्यानलाई पेभिलिएन फर्काएका थिए ।

शीर्षक्रममा यी तीन ब्याट्सम्यानलाई सोमपालले आउट नगरेको भए नतिजा मलेसियाको पक्ष्यमा पनि जान सक्थ्यो । कुनै पनि टोलीले सुरुवाती तीन ओभरमै तीन ब्याट्सम्यान गुमाउँछ भने उसलाई रन बनाउन मुश्किल पर्ने गर्दछ । नेपालको जितमा नायक बनेका सोमपालले २ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।
१. ज्ञानेन्द्र मल्ल
कार्यवाहक कप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल नेपालको जितमा नायक बने । ९ ओभरमा ८४ रनको लक्ष्य पाएको नेपाललाई धेरैले पछ्याउन नसक्ने हो की भन्ने शंका ब्यक्त गरेका थिए । तर मल्लले सुरुवात देखीनै आक्रमक ब्याटिङ गर्दै नेपालको सहज जित पक्का गरे ।

नेपालबाट सर्वाधिक छिटो अर्ध शतक पुरा गर्ने कीर्तिमान रचेका मल्लले २१ बलमा ५ चौका र ३ छक्का सहित ५१ रन जोड्दै जित निश्चित मात्रै गराएनन्,अघिल्लो चरणको संभावना पनि कायमै राखे । जुन इनिङ मल्लले नखेलेको भए नेपालको जित कठिन पर्ने निश्चत थियो । नेपालको जितमा नायक बनेका मल्लनै म्यान अफ द म्याच चुनिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]