6 years ago
July 24, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले आफु आलोचकलाई उत्तर दिनको लागि क्रिकेट नखेलेको बताएका छन् ।

लामो समय देखी खराब प्रर्दशनको कारण चौतर्फी आलोचना खेपिरहेका ज्ञानेन्द्रले बुधबार मलेसियासँग कीर्तिमानी विष्फोटक अर्धशतक प्रहार गरेपछि हाम्रो खेलकुदसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘राम्रो जित हो । हामीलाई यहि आवश्यक पनि थियो’, उनले भने, ‘ जित दर्ता गरेपनि सम्रग टोलीको प्रर्दशनबाट भने खुसी छैन । फिल्डिङ राम्रो गर्न सकेको भए मलेसियालाई अझ कम स्कोरमा रोक्न सकिने थियो । ‘
ज्ञानेन्द्रले पारस नुहँदा थप जिम्मेवार पनि रहेको बताए । उनले अब दुई दिन विश्राम रहेकाले कुवेतविरुद्धको खेलसम्म पारस फिट हुन सक्ने जानकारी दिए । एक समय वर्षाको कारण खेल नहुने अवस्थामा पुगेपछि नेपालको लागि खेल हुनु ठूलो कुरा रहेको इनले बताए ।
‘ कम ओभर रहेकाले सुरुवातदेखि नै आक्रमक खेल्नु पर्ने आवश्यकता थियो । म सधैं आत्माविश्वासी नै हुन्छु । क्रिकेट खेल नै आत्माविश्वासको खेल हो । आज पहिलो बलबाट नै आक्रामक खेल्नु पर्ने थियो’,उनले भने ।
टी २० मा ज्ञानेन्द्रले खेल्न सक्दैन भनेर समर्थक तथा मिडिया लगायतले आलोचना गरिरहेको बेलामा यो प्रर्दशनले उत्तर दिएजस्तो लाग्छ भन्ने प्रश्नमा उनले भने, ‘प्रतियोगिता जित्नुपर्छ । म अरुको उत्तरको लागि क्रिकेट खेलेको होइन । आफ्नो टिम र नेपालको लागि खेलेको हो । अरुले के कस्तो भन्छ त्यसले खासै फरक पर्दैन । ‘
‘राम्रो गर्दा पनि भनि हाल्छन् र नगर्दा झन भनि हाल्छन् । खुसी कुरा के छ भने सबैले क्रिकेट मनपराइदिनु भएको छ । जुन सुरुवात लिएका छौं, त्यसलाई निरन्तरता दिनेछौं”,मल्लले भने ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]