default_image

6 years ago

July 26, 2019

टी २० क्यानडा : सन्दीपबिनाको टोरोन्टो पहिलो खेलमै पराजित

120 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेशनल पहिलो खेलमै पराजित भएको छ ।

उद्धघाटन खेलमा भेन्कुवर नाइट्ससँग नेशनल ८ विकेटले पराजित भएको हो । नेशनलले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याएको नाइट्सले १६ बल अगाडीनै २ विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि दक्षिण अफ्रिका रस्सी भान डर दुसेनले ४३ बलमा ४ चौका र ३ छक्का सहित ६५ रनमा अविजित रहे ।

त्यस्तै म्यान अफ द म्याच चाडविक वाल्टनले पनि ३५ बलमा समान ४ चौका र छक्का सहित ५९ रनमा अविजित रहँदै टोलीको सहज जित पक्का गरे । कप्तान क्रिस गेल १२ र टोयिबा भिसीले २० रनमा आउट भए । नेशनलका लागि जेर्मी गर्डन र मार्क मोन्टफोर्टले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेशनलले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । उसका लागि विकेटकीपर हेनरिक क्वालासेन २० बलमा ४ छक्का र २ चौका सहित आक्रमक ४१ रन जोडेपनि टोलीको जितको लागि प्राप्त भएन । कलुम म्याकलेड १७, ब्रेन्डन म्याकुलम ४ रनमा आउट हुँदा काइरन पोलार्ड ३० रनमा अविजित रहे । कप्तान समेत रहेका युवराजले २७ बलको सामना गर्दै बिना कुनै बाउन्ड्री १४ रनमात्र जोडे ।

त्यस्तै ओपनर रोर्डिगो थोमसले ३१ बलमा समान ३ चौका र छक्का सहित ४१ रनमा आउट भए । नाइट्सका लागि अली खान,एन्डिलो फहलुकवयो,मिचेल रिपोन,रिजवान चिमाले समान एक विकेट लिए ।

सन्दीप आईसीसी टी २० एसिया विश्वकप छनोटको लागि सिंगापुरमा छन् । नेपालले आमगी शनिवार कुवेत र आइतबार सिंगापुरसँग अन्तिम खेल खेल्ने छ । सिंगापुरको खेलपछि सन्दीपसँगै अर्का तीब्र गतिका बलर सोमपाल कामी उतैबाट क्यानडा जाने छन् ।

पहिलो पटक विदेशी फ्रेन्चाइज लिग खेल्न लागेका सोमपाल विनिपेग हक्सबाट खेल्ने छन् । सोमपाललाई विनिपेगले ड्राफ्टमा ३ हजार अमेरिकी डलर न्युनतम रकम अनुबन्ध गरेको थियो । सन्दीपलाई टोरोन्टो नेशनले ६० हजार अमेरिकी डलर खर्चेर अनुबन्ध गरेको थियो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.