6 years ago
July 26, 2019
सिंगापुर (हाम्रो खेलकुद) – सिंगापुरमा जारी आईसीसी टी २० एसिया विश्वकप छनोटमा शुक्रबारको दुवै नतिजा नेपालको आवश्यकता अनुसार आएका छन् ।

दोस्रो खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । यस अघि पहिलो खेलमा कुवेतले कतारलाई १० रनले पराजित गरेको थियो । यो दुई नतिजासँगै नेपालको अघिल्लो चरणको समिकरण झनै सहज बनेको छ । नेपालले शनिवार कुवेत र आईतबार सिंगापुरलाई पराजित गरे सोझैं ग्लोबल छनोटमा स्थान बनाउने छ । यो दुई नतिजाले नेट रनरेट बाधक बन्ने छैन ।
९३ रनको सामान्य लक्ष्य सिंगापुरले १३.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । उसका लागि सुरेन्द्रन चन्द्रमोहनले ४२ बलमा ४ चौका र ३ छक्का सहित ५० रनमा अविजित रहे । त्यस्तै मनप्रित सिंहले २६ रनमा अविजित रहे । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले १८.४ ओभरमा अल आउट हुँदै ९२ रनमा समेटिएको थियो ।
मलेसियाका लागि मुहम्मद शहदायतले सर्वाधिक २२ रन जोडे । ओपनर विरनदीप सिंह १७,शफिक शरार्फ र अमिनुदीन रमालीले समान १२ रन जोडे । अन्यले भने राम्रो प्रर्दशन गर्न सकेनन् । सिंगापुरका लागि अजाद महबुब र अनन्थ कृष्णले समान ३ विकेट लिए । विजय कुमारको नाममा २ विकेट रह्यो । योसँगै मलेसिया र कतार भने एक खेल बाँकी हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

सिंगापुर ३ खेलमा २ मा जितका साथ ५ अंक जोड्दै शीर्षस्थानमा छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । आइतबार नेपाललाई हराउन सके सिंगापुर अघिल्लो चरणमा प्रवेश गर्ने छ ।
कुवते ३ खेलमा समान १ मा हारका जितका साथ दोस्रो स्थानमा रहेको छ । शनिवार नेपालसँग खेल्ने छ ।
नेपाल २ खेलमा समान १ खेलमा जित हारका साथ तेस्रो स्थानमा छ । कुवेत र सिंगापुरलाई हराउन सके ग्लोबल छनोटमा स्थान बनाउने छ । यी दुई खेल मध्य एक हारे वा वर्षाको कारण रद्द भए नेपालको संभावना अंक गणितीय झिनोमात्रै बाँकी रहने देखिन्छ ।
मलेसिया ३ खेलमा २ मा हार १ जितका साथ चौथो स्थानमा रहँदा अघिल्लो चरण समाप्त भएको छ । ३ खेलमा २ मा हारका र १ मा जितका साथ पुछारमा रहेको कतार पनि प्रतियोगिताबाट बाहिरिएको छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]