default_image

6 years ago

July 26, 2019

आयरल्यान्ड जम्मा ३८ रनमा अलआउट!

164 views

0 Bookmark

एजेन्सी – आयरल्यान्डसँगको एकमात्रै टेष्टमा घरेलु टोली इंग्ल्यान्ड १ सय ४३ रनले विजयी भएको छ । शुक्रबार १ सय ८२ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १५.४ ओभरमा अल आउट हुँदै ३८ रनमा समेटिएको हो ।

आयरल्यान्डका लागि ओपनर जेम्श म्याकुलमले ११ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । अर्थात १० ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन नपाई आउट भए । ४ ब्याट्सम्यानले खाता खोल्न सकेनन् । आयरल्यान्डलाई सस्तैमा रोक्न इंग्ल्यान्डका क्रिस वोक्सले ७.४ ओभरमा २ मेडन सहित १७ रन खर्चेर ६ विकेट लिए । त्यस्तै स्टुअर्ट बोर्डले ८ ओभरमा ३ मेडन सहित १९ रन खर्चेर ४ विकेट लिए ।

पहिलो इनिङमा ८५ रनमा आउट भएको इंग्ल्यान्डले दोस्रो इनिङमा उत्कृष्ट पुनरागमन गर्दै ३ सय ३ रन बनाएको थियो । नाइटवाचम्यानका रुपमा क्रिजमा आएका बलर ज्याक लिचले ९२ रनको महत्त्वपूर्ण इनिङ खेलेपछि इंग्ल्यान्ड सम्हालिएको थियो । आयरल्यान्डले पहिलो इनिङमा २ सय ७ रन बनाउँदै राम्रो अग्रता लिएपनि दोस्रो इनिङमा खराब ब्याटिङ गर्दा पराजित हुन पुग्यो ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.