6 years ago
July 26, 2019
सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नेपालले सिंगापुरमा जारी एसिया क्षेत्र छनोटको बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ । शुक्रबारको दुवै नतिजा नेपालको आवश्यकता अनुसार आएपछि आगामी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटका लागि नेपालको सम्भावना बढेको छ ।

पहिलो खेलमा कुवेतले कतारलाई १० रनले पराजित गर्दा दोस्रो खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गर्यो । नेपालले शनिवार कुवेत र आईतबार सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ । दुबै खेलमा विजयी भए सोझैं ग्लोबल छनोटमा पुग्ने छ । आजको दुई नतिजाले नेपाललाई अब नेट रनरेटमा टाउको दुखाउन पर्ने छैन ।
नेपालले शनिवार कुवेतसँग खेल्ने छ । खेल नेपाली समय अनुसार विहान ७:१५ बाट सुरु हुने छ । प्रतियोगिताकै कमजोर मानिएको कुवेतले शुक्रबार कतारसँग उत्कृष्ट प्रर्दशन गर्दै आफुपनि अब्बल रहेको प्रमाणित गरेको छ । कतारविरुद्ध कुवेतले १ सय ९८ रनको विशाल योगफल तयार पारेको थियो । कुवेत ३ खेलमा समान १ मा जित र हारका साथ ३ अंक जोड्दै दोस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । नेपाल २ खेलमा समान १ मा जित र हारका साथ तेस्रो स्थानमा छ ।
टी २० खेलमा एकै खेलाडीको प्रर्दशनले टोलीको हार र जित निर्धारण गर्न सक्छ । कुवेतका केहि यस्ता स्टार खेलाडी छन्, जसले आफ्नो उत्कृष्ट प्रर्दशनमा नेपालको विश्वकप खेल्ने सपना अधुरै बनाउन सक्छन् । कुवेतका यी ३ स्टार खेलाडी जसले आफ्नो उत्कृष्ट प्रर्दशनमा नेपाललाई अप्रत्याशित हार दिलाउन सक्छन् ।
३. इलायस अहमद (बलर)
२९ वर्षिय तीब्र गतिका बलर इलायस अहमद कुवेतबाट टी ट्वान्टी आईमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनको ५ खेलमा ७.२१ को इकोनमीमा रन खचिदै ९ विकेट लिएका छन् । अहमदले झण्डै एक महिना अघि कतारसँगको ३ टी२० सिरिजमा ८ विकेट लिएका थिए । जारी प्रतियोगितामा कतारसँगको खेलमा विकेट विहीन बनेपनि मलेसियाविरुद्ध १ विकेट लिएका थिए ।

२. मोहम्मद काशिफ (अलराउण्डर)
३१ वर्षिय अलराउण्डर मोहम्मद काशिफ कुवेतका प्रमुख खेलाडी हुन् । उनी कुवेतबाट टी२० आईमा सर्वाधिक रन बनाउने सुचिमा तेस्रो र विकेटतर्फ दोस्रो स्थानमा पर्दछन् । उनले ८ टी २० आईमा २ अर्ध शतक सहित कुल १ सय ९३ रन जोडेका छन् । साथै ९ विकेट लिएका छन् । मलेसियासँगको खेलमा उनले ५१ रन जोड्नुको साथै १ विकेट लिएका थिए । तल्लोक्रममा ब्याटिङ गर्ने उनले अफ स्पिन बलिङ गर्ने गर्दछन् । उनले आफ्नो उत्कृष्ट अलराउण्डर प्रर्दशनमा नेपाललाई निराश बनाउन सक्छन् ।
१.राभिजा सन्दरवान (प्रमुख ब्याट्सम्यान)
२७ वर्षिय ओपनर राभिजा कुवेतका प्रमुख र भरपर्दा ब्याट्सम्यान हुन् । कुवेतबाट टी २० आईमा सर्वाधिक रन बनाउने खेलाडी समेत रहेका राभिजाले आफ्नो एक्लो प्रर्दशनमा नेपाललाई निराश बनाउन सक्छन् । उनले ९ टी २० मा १ शतक २ अर्ध शतक सहित कुल ३ सय ४३ रन जोडेका छन् । उनको स्ट्राइक रेट १७१.५० रहँदा २८ चौका र २४ छक्का सामेल छ ।
राभिजा ठूला सटका लागि परिचित छन् । कतारसँगको खेलमा २६ रनमा आउट हुँदा मलेसियासँग भने डक आउट हुन पुगे । उनी डक आउट हुनु कुवेतको हारको कारण बनेको थियो । उनले गत जनवरीमा बहराइनविरुद्ध ५९ बलमा १० चौका र ५ छक्का सहित १ सय ३ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । त्यसैले उनि जति लामो समय क्रजमा टिक्छन् त्यतिनै नेपाललाई घातक बन्न सक्ने खेलाडी हुन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]