6 years ago
July 26, 2019
एजेन्सी – पाकिस्तानका तीब्र गतिका बलर मोहम्मद आमिरले आफ्नो टेष्ट करिअरबाट सन्न्यास लिने घोषणा गरेका छन् । २७ वर्षिय आमिरले शुक्रबार टेष्ट बाट सन्न्यास लिएको बताएका हुन् ।

आमिरले ३६ टेष्टको ६७ इनिङमा कुल १ सय १९ विकेट हात पारेका छन् । जसमा वेष्ट प्रर्दशन ६-४४ रहेको छ । इकोनमी रेट २.८५ छ । आमिरले टेष्टमा ७ सय ५१ रन जोडेका छन् । आमिरले सन् २००९ मा श्रीलंकासँग टेष्टमा डेब्यू गरेका थिए ।
आमिरले सिमित ओभरमा आफ्नो ध्यान केन्द्रित गर्न टेष्टवाट सन्न्यास लिएको हुन सक्ने बुझिएको छ । तीब्र गतिको बलिङसँगै स्वीङ गराउन माहिर उनले युवा खेलाडीलाई मौका दिन आफुले टेष्टबाट सन्न्यास लिएको बताएका छन् । आमिरले ४२ टी ट्वान्टी र ५९ वान डे खेल खेलेका छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]