default_image

6 years ago

July 27, 2019

कुवेतविरुद्ध नेपाल पहिलो फिल्डिङमा

157 views

0 Bookmark

सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले कुवेतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको हो । नेपालका लागि पछिल्लो खेल चोटका कारण गुमाएका कप्तान पारस खड्का टोलीमा फर्किएका छन् । पारसले ढाडको समस्याको कारण मलेसियासँगको खेल पुरै गुमाउँदै कतारसँग दोस्रो इनिङमा मैदाननै आएका थिएनन् ।

मलेसियासँगको खेलबाट नेपालले १ खेलाडी परिवर्तन गरेको छ । कप्तान पारसले कमब्याक गर्दा प्रदीप ऐरी टोलीबाट बाहिरिएका छन् ।

नेपालको प्लेइङ ११ :
१. पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल
३. शरद भेषावकर
४. वसन्त रेग्मी
५. सोमपाल कामी
६. अभिनास बोहोरा
७. सन्दीप लामिछाने
८. दीपेन्द्रसिंह ऐरी
९. विनोद भण्डारी
१०. करण केसी
११. रोहितकुमार पौडेल

तुलानात्मक रुपमा प्रतियोगिताको कमजोर मानिएको कुवेतले शुक्रबार कतारसँग उत्कृष्ट प्रर्दशन गर्दै सवैलाई आश्चर्य पारेको छ । कतारलाई १० रनले हराउन कुवेतले १ सय ९७ रन बनाएको थियो । कुवेत ३ खेलमा समान १ मा जित र हारका साथ ३ अंक जोड्दै दोस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । कुवेत पहिलो खेलमा मलेसियासँग ४२ रनले पराजित हुँदा सिंगापुरसँग वर्षाको कारण अंक बाड्नु परेको थियो ।

नेपाल २ खेलमा समान १ मा जित र हारका साथ तेस्रो स्थानमा छ । नेपाल पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो । नेपालले कुवेतसँगै आईतबार सिंगापुरलाई हराउन सके सोझैं ग्लोबल छनोटमा पुग्ने छ । नेपाललाई अघिल्लो चरणको यात्रा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.