6 years ago
July 27, 2019
सिंगापुर(हाम्रो खेलकुद) – आईसीसी टी २० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत शनिबारको पहिलो खेलमा कुवेत र नेपालबीच प्रतिस्पर्धा जारी छ ।

टस जितेर पहिला फिल्डिङ गरेको नेपालले कवेतमाथि निरन्तर दबाब सृर्जना गरि रहेको छ । कुवेतले ९ ओभरमा ६४ रन बनाउन ५ विकेट गुमाएको छ । मोहम्मद अस्लाम ६ रनमा खेलिरहेका छन् ।
दोस्रो ओभरको पहिलो बलमै करण केसीले विकेटकिपर विनोद भण्डारीबाट ओपनर मिट भावसारलाई ५ रनमा पेभिलिएन फर्काए । छैटौं ओभरको पहिलो बलमा वसन्त रेग्मीले रभिजा डी शिल्भालाई १५ रनमा बोल्ड आउट गरे ।
त्यस्तै वसन्तले त्यसै ओभरको अन्तिम बलमा अदनान आर्डिसलाई शरद भेषवाकरबाट २५ रनमा क्याच आउट गराउँदै कुवेतलाई दबाबमा राखेका छन् । ठूलो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि उनले १४ बलमा ५ चौका प्रहार गरे ।
सन्दीप लामिछानेले आफ्नो दोस्रो ओभरमा बिलाल र उस्मान वहिदलाई आउट गरेपछि नेपालले खेलमा पकड बनाएको छ । सन्दीपको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा विलाल ताहिर कप्तान पारस खड्काबाट १३ रनमा आउट हुन पुगे । लगत्तै दुई बलपछि सन्दीपले उस्मान वहीदलाई शून्यमा एलवी डब्लू आउट गरे ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]