6 years ago
July 27, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले दुईदिनको विश्रामले आफ्नो स्वास्थ्यलाई धेरै नै फाईदा गरेको बताएका छन् ।

शनिबार आईसीसी टी ट्वान्टी एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत कुवेतविरुद्ध उत्कृष्ट अर्धशतक पुरा गरेपछि पारसले यस्तो बताएका हुन् । कुवेतलाई ७ विकेटले पराजित गर्ने क्रममा ६८ रनको महत्वपूर्ण योगदान दिएका पारस ‘म्यान अफ द म्याच’ चुनिएपछि हाम्रो खेलकुदसँग कुरा गर्दै भने, ‘मलाई लाग्छ बलरहरुले धेरै राम्रो गरे । वसन्त र सन्दीपले उत्कृष्ट गरे । अन्तिम दुई ओभर खराब रहेपनि सम्रग टिमको प्रर्दशन राम्रो भयो ।’
‘ अब भोली जुन टिमले जित्छ त्यहि टिम छनोट हुन्छ । अन्तिम दुई खेलको प्रर्दशन निरन्नरता दिने छौं’ ,पारसले थपे, ‘ देशको लागि खेलिसकेपछि जिम्मेवारीका साथ खेल्नुपर्छ । हार्दा सबै कुरा नराम्रो देखिन्छ जित्दा सबै राम्रो । हाम्रो क्षमता के हो र हामी के गर्न सक्छौं भन्ने मुख्य पक्ष हो । धेरै खुसी हुनुपर्ने छैन । आशा छ एक एक खेलमा राम्रो गर्दै अघि जान्छौं, ‘ पारसले भने ।

‘ भोलीको खेल जित्छौैं भने हाम्रो लागि अवसरहरु खुल्ने छन् । अहिले खेल्न सक्ने भएको छु । आज ब्याटिङ गर्दा कुनै असहज भएन । अली अली कडा भएको महसुस हुन्छ, त्यसले खासै असर गर्दैन । दुई दिनको विश्रामले पनि धेरै राम्रो गर्यो,’ उनले भने । ‘ भोली उत्कृष्ट क्रिकेट खेल्ने छौं । सिंगापुर राम्रो क्रिकेट खेलिरहेको छ, यसमा कुनै शंका छैन । राम्रो क्रिकेट खेल्नै पर्छ । केहि दबाब पनि छ । जुन टिमले दबाबमा राम्रो गर्छ त्यहि टिमले जित्ने छ,’ पारसले भने ।
टोलीमा प्लेइङ ११ मा पर्न भएको प्रतिस्पर्धालाई सकारात्मक रुपमा लिए । ‘टिममा जसलाई खेलाएपनि फिट छन् । पहिलो खेल हार्दा चार जना ब्याट्सम्यानलाई लिएर खेलायो पनि भने । सोमपाल र करण टी ट२० मा राम्रो ब्याट्सम्यान हुन् । भोली हामीलाई उत्कृष्ट प्रर्दशन बाहेक अन्य कुनै विकल्प छैन । पिचको स्थिति हेरेर उचित खेलाडी खेलाउने हो,’ उनले थपे ।

पारसले नेपाली समर्थकले साथ दिँदा खुसी लाग्नुको साथै थप जोसजाँगर बढ्ने बताए । ‘हामी जहाँ पनि पुग्छौं त्यहाँ हाम्रा समर्थकहरु आउनुहुन्छ । सबै समर्थकलाई सम्पूर्ण क्रिकेट खेलाडीको तर्फबाट धन्यावाद, ‘ पारसले भने ।
नेपालले आईतबार शीर्षस्थानको सिंगापुरसँग खेल्ने छ । विजेता टोली ग्लोबल छनोटमा पुग्ने छ । सिंगापुर वर्षाको कारण खेल रद्ध भएपनि अघिल्लो चरणमा पुग्नेछ भने नेपाललाई जित बाहेक अन्य कुनै विकल्प छैन । नेपाल पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित हुँदा मलेसिया र कुवेतलाई समान ७ विकेटले पराजित गर्दै अघिल्लो चरणको संभावना बलियो बनाएको हो ।
खेलपछि पारसले के भने सुन्नुहोस :
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]