6 years ago
July 27, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका सर्वाधिक अनुभवी स्पिनर वसन्त रेग्मीले उमेर भन्दा पनि फिटनेस महत्वपूर्ण हुने बताएका छन् ।

शनिबार आईसीसी टी२० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत कुवेतलाई सस्तैमा रोक्न ३ महत्वपूर्ण विकेट लिएका वसन्तले हाम्रो खेलकुदसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
‘आजको खेल जित्नै पर्ने दबाब थियो । एउटा बल पनि कमजोर फाल्दैन भन्ने सोचेको थिए र सफल पनि भएँ’,वसन्तले भने, ‘टिममा प्रतिस्पर्धा हुनु धेरै राम्रो कुरा हो । प्रतिस्पर्धाले टिमलाई बलियो बनाउनुको साथै देशलाई पनि राम्रो गराउँछ ।’
‘अहिले सम्म जति पनि अन्तर्राष्ट्रिय खेल खेलेको छु मलाई लाग्दैन की मैले कुनै पनि खेलमा नराम्रो प्रर्दशन गरे । सधैं राम्रो प्रर्दशन गर्ने सोच हुन्छ’,उनले भने ।
‘ मलाई के लाग्छ भने उमेरले त्यति फरक पार्दैन । आफुले आफुलाई फिट राख्नु पर्यो । मैदानमा कस्तो प्रर्दशन गर्छ त्यसले फरक पार्छ’ , उनले भने ।

‘भोली सिंगापुरसँगको खेल फाइनल सोचेर खेल्यो भने दबाब आउन सक्छ । एउटा सामान्य खेल सम्झेर खेल्नुपर्छ । मैले टिमको लागि कसरी विजयी गराउन सक्छु भन्ने लक्ष्य अघि बढ्ने छु,’ उनले भने ।
वसन्त टी २० आईमा नेपालबाट सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले १७ खेलमा २५ विकेट लिएका छन् । नेपालले आईतबार शीर्ष स्थानको सिंगापुरसँग खेल्ने छ । विजेता टोली ग्लोबल छनोटमा पुग्ने छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]