6 years ago
July 27, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा शनिबार कुवेतलाई ७ विकेटले पराजित गर्दै ग्लोबल छनोट नजिक पुगेको छ । आईतबार सिंगापुरलाई हराउन सके नेपाल ग्लोबल छनोटमा प्रवेश गर्नेछ ।

कुवेतविरुद्ध १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । नेपालले पुरा गरेको टी २० आईमा हालसम्मकै उच्च योगफल समेत हो । त्यस्तै नेपालले लक्ष्य पछ्याउने क्रममा सर्वाधिक छिटो पनि पुरा गरेको हो । नेपालले सहज जित दिलाउन यी ४ खेलाडीको प्रर्दशन महत्वपूर्ण रह्यो ।
४. शरद भेषावकर
नेपालको सहज जितमा भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले उत्कृष्ट फिनिसिङ गरे । छक्का प्रहार गर्दै टोलीका जित पक्का गरेका शरदले पारसलाई राम्रो साथ दिदा नेपालले कुनै पनि समय रनमा संघर्ष गुर्न परेन । चौथो ओभरको पाँचौ बलमा ओपनर ज्ञोनेन्द्र मल्ल १९ रनमा क्याच आउट भएपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान छिरेका शरदले परिपक्क ब्याटिङ गर्दै पुन उत्कृष्ट फिनिसर रहेको सिद्ध गरे ।

पारससँग दोस्रो विकेटका लागि ७८ रनको कीर्तिमानी साझेदारी गर्दै नेपालको सहज जित पक्का गरेका उनले ३० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३८ रनमा अविजित रहे । मलेसियासँगको खेलमा खराव प्रर्दशन गरेको मध्यक्रमले आजको खेलमा भने शरदले कमजोर अनुभव गर्न दिएनन् । शरदले उत्कृष्ट फिनिसिङ गर्दै २५ बल अगाडीनै जित पक्का गरे ।
३. वसन्त रेग्मी
नेपालको सहज जितमा अनुभवी स्पिनर वसन्त रेग्मीको प्रर्दशन महत्वपूर्ण रह्यो । वसन्तले कुवेतका तीन प्रमुख ब्याट्सम्यानलाई सस्तैमा पेभिलिएन फर्काएका थिए । वसन्तले छैटौ ओभरको पहिलो बलमा रभिजा डी शिल्भालाई १५ रनमा बोल्ड आउट गरे । डी शिल्भा कुवेतबाट टी २० मा सर्वाधिक रन बनाउने र शतक प्रहार गर्ने खेलाडी हुन् । उनको विकेटपतनसँगै कुवेत केहि दबाबमा परेको थियो । वसन्तले लगत्तै यसै ओभरको अन्तिम बलमा २५ रन बनाई खेली रहेका अर्का प्रमुख खेलाडी आदनान आर्डिसलाई क्याच आउट गराएपछि नेपाल खेलमा फर्किएको थियो ।

त्यस्तै वसन्तले १७ ओभरको अन्तिम बलमा तल्लोक्रमका ब्याट्सम्यान मोहम्मद अहसानलाई ४ रनमा क्याच आउट गराए । वसन्तले लिएका तीनै ब्याट्सम्यान जसले ठूलो योगफल बनाउदै टोलीको सहज जित पक्का गर्न सक्ने क्षमता राख्दथे । तर वसन्तले निराश बनाईदिए । जसको कारण कुवेत विशाल योगफल बनाउन चुकेको थियो । उत्कृष्ट प्रर्दशन गरेका उनले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए ।
२. सन्दीप लामिछाने
नेपालको जितमा युवा लेग स्पिनर सन्दीप लामिछानेको प्रर्दशन पनि महत्वपूर्ण रह्यो । सन्दीपले कुवेतको मध्यक्रम धरासय बनाउदै ठूलो योगफलबाट रोकेका थिए । सन्दीपले नवौं ओभरको तेस्रो बलमा विलाल ताहिर र दुईबलपछि उस्मान अहीदलाई आउट गर्दै कुवेतलाई संकटमा पारे । यी दुबै कुवेतका मध्यक्रममा भरपर्दा ब्याट्सम्यान हुन् ।

उस्मान शून्य र बिलाल १३ रनमा आउट भए । त्यस्तै सन्दीपले तल्लोक्रमका शिराज खानलाई पनि शुन्यमा बोल्ड आउट गर्दै कुवेतलाई सस्तैमा रोक्न महत्वपूर्ण योगदान दिए । सन्दीपले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए
।
१. पारस खड्का
नेपालको जितमा कप्तान पारस खड्का नायक बने । सुरुवात देखीनै खुलेर खेलेका पारस १४ ओभरको पहिलो बलमा क्याच आउट हुनुअघि ४२ बलमा ११ चौका र १ छक्का सहित ६८ रनको महत्वपूर्ण योगदान दिए । पारसको उत्कृष्ट प्रर्दशनमा नेपालले २५ बल अगाडीनै जित पक्का गर्यो । पारसले कुनै पनि समय कुवेतका बलरलाई हाबी हुन दिएनन् ।

यसको फाइदा शरदले पनि उठाउँदै सहज जित पक्का गरेका थिए । पारसले शरदसँग दोस्रो विकेटका लागि ७८ रनको कीर्तिमानी साझेदारी समेत गरेका थिए । नेपालको जितमा नायक बनेका पारस म्यान अफ द म्याच घोषित भए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]