default_image

6 years ago

July 27, 2019

‘योर्कर किङ’ मालिंगाको बिदाइ

113 views

0 Bookmark

एजेन्सी – श्रीलंकाका तीव्र गतिका बलर लाथिस मलिंगालाई श्रीलंका क्रिकेटले उनको अन्तिम ओडीआईमा ‘गार्ड अफ अर्नर’ को सम्मानसहित बिदाइ गरेको छ ।

शुक्रबार राती घरेलु मैदानमा सम्पन्न बंगलादेशसँगको पहिलो वान डे खेलबाट एक दिवसिय करिअरबाट सन्न्यास लिएका मलिंगालाई श्रीलंका खेलाडीले ‘गार्ड अफ अनर’ को विशेष सम्मान सहित मैदान परिक्रममा गराएका थिए । मैदान परिक्रमाको क्रममा उनी निकै भावुक देखिएका थिए ।

मलिंगाले अन्तिम खेलमा बंगलादेशलाई ९१ रनले पराजित गर्ने क्रममा ९.४ ओभरमा २ मेडन सहित ३८ रन खर्चेर ३ विकेट लिए । मलिंगाको योर्कर किङका रुपमा विश्वमा प्रसिद्ध छन् । सन् २००४ मा यूएईविरुद्ध वान डे खेलमा डेब्यू गरेका मलिंगाले २ सय २६ वान डे खेलमा कुल ३ सय ३८ विकेट आफ्नो नाममा लेखाए । जसमा ६-३८ वेष्ट प्रर्दशन रह्र्यो ।

उनको इकोनमी रेट ५.३५ हुँदा ११ पटक चार भन्दा माथि र ८ पटक पाँच भन्दा माथि विकेट लिन सफल भए । श्रीलंकाले सन् २०१४ को टी ट्वान्टी विश्वकप जित्दा मलिंगा कप्तान समेत रहेका थिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.