6 years ago
July 27, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी२० एसिया विश्वकप छनोट अन्तर्गत आईतबार निर्णायक खेलमा घरेलु टोली सिंगापुरसँग खेल्ने छ । यसै खेलको नतिजाले विश्वकपमा नेपालको भविष्य प्रष्ट पार्नेछ ।

नेपालले कुनै पनि प्रतियोगिता सहजै जितेको इतिहास बिरलै पाईन्छ । अधिकांश प्रतियोगिता नेट रनरेट र अन्य टोलीको नतिजामा निर्भर रहँदै आएको छ । कतारसँगको अप्रत्याशित हारपछि कप्तान पारस खड्काले पनि नेपालले हालसम्म सहजै कुनै पनि प्रतियोगिता नजितेको र उत्कृष्ट प्रर्दशन गर्दै ग्लोबल छनोटमा पुग्ने बताएका थिए । त्यसै अनुरुप नेपालले मलेसिया र कुवेतसँगको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै ग्लोबल छनोट नजिक छ ।
आफ्नो पकडमा प्रतियोगिता आइसकेको अवस्थामा अब रनरेट र अन्य टोलीको नतिजा भन्दा पनि नेपाललाई वर्षाको चिन्ता छ । नेपाल विजयी भए आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छ । पराजित भए वा वर्षाको कारण अंक बाड्नु परे विश्वकप खेल्ने सपना समाप्त हुने छ ।
सिंगापुर ३ खेलमा २ मा जित सहित ५ अंक जोड्दै शीर्ष स्थानमा छ । वर्षाको कारण कुवेतसँग सिंगापुरले अंक बाडेंको थियो । नेपाल तीन खेलमा २ मा जित र १ मा हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।

नेपाल र सिंगापुरबीचको खेल दुबैको लागि फाईनल सरह हुने छ । सिंगापुर नेपाल भन्दा तुलानात्मक रुपमा कमजोर टोली हो । तर नेपाललाई आफ्नो प्रर्दशन भन्दा पनि वर्षाको चिन्ता छ । भोली नेपाल र सिंगापुरबीच खेल हुने क्रममा वर्षा हुन सक्ने सम्भावना देखिन्छ । मौसम पूर्वानुमानका अनुसार खेलको अवधिमा स्थानीय समयानुसार ११ बजे हल्का वर्षाको सम्भावना रहेको छ ।
गत वर्ष मलेसियामा सम्पन्न एसिया क्वालिफायर बी को फाईनलमा पनि वर्षाको कारण नेपाल र सिंगापुरबीचको खेल रद्ध हुन पुगेको थियो । तर नेपाललाई उक्त रद्धले कुनै असर गरेन । नेपाल रन रेटका आधारमा च्याम्पियन बन्यो । भोली नेपालसँगको खेल वर्षाको कारण रद्ध भए पनि सिंगापुर पहिलो पटक ग्लोबल छनोटमा पुग्ने छ । आईसीसी टी२० वरीयतामा नेपाल ११ र सिंगापुर २३ औं स्थानमा छन् ।

नेपालको लागि कप्तान पारस खड्का,सन्दीप लामिछाने र सोमपाल कामीको प्रर्दशन महत्वपूर्ण रहने छ । अनन्थ कृष्ण,ओपनर सुरेन्द्रन चन्द्रमोहन,अम्जाद महबुब सिंगापुरका प्रमुख खेलाडी हुन् । कतारसँगको ४ विकेटको हारले नराम्रोसँग झस्किएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै मलेसिया र कुवेतलाई समान ७ विकेटले पराजित गर्दै अघिल्लो चरणको संभावना बलियो बनाएको हो ।
मलेसियालाई पराजित गर्ने क्रममा ज्ञानेन्द्र मल्लले २० वलमा अर्ध शतक पुरा गरे । त्यस्तै कुवेतविरुद्ध पारसले ६८ रनको महत्वपूर्ण इनिङ खेले । शरद पनि राम्रो लयमा देखिएका छन् । बलिङतर्फ सबै खेलाडी राम्रो लयमा छन् । त्यसैले नेपाललाई आफ्नो प्रर्दशनको भन्दा पनि मौसमको बढी चिन्ता छ ।
भरपर्दा ब्याट्सम्यान शरद भेषवकरले आफ्नो क्षमताको ५०–६० प्रतिशत खलेपनि सहजै नेपालले सिंगापुरलाई हराउन सक्ने बताउछन् । तर मौसम आफ्नो हातमा नभएको बताउछन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]