default_image

6 years ago

July 27, 2019

नेपाललाई घातक बन्न सक्ने सिंगापुरका ३ खेलाडी

147 views

0 Bookmark

सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी२० एसिया विश्वकप छनोट अन्तर्गत आईतबार निर्णायक खेलमा घरेलु टोली सिंगापुरसँग खेल्नेछ । यसै खेलको नतिजाले विश्वकपमा नेपालको भविष्य प्रष्ट पार्नेछ ।

सुरेन्द्रन चन्द्रमोहन र मनाप्रित सिंह

नेपाल विजयी भए आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छ । पराजित भए वा वर्षाको कारण अंक बाड्नु परे विश्वकप खेल्ने सपना समाप्त हुने छ । सिंगापुर ३ खेलमा २ मा जित सहित ५ अंक जोड्दै शीर्ष स्थानमा छ । वर्षाको कारण कुवेतसँग सिंगापुरले अंक बाडेंको थियो । नेपाल तीन खेलमा २ मा जित र १ मा हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । नेपाल र सिंगापुरबीचको खेल दुबैको लागि फाईनल सरह हुने छ ।

सिंगापुरलाई भन्दा अझ बढि दबाब नेपाललाई हुने छ । जारी प्रतियोगितामा सिंगापुरमात्रै अपराजित एक्लो टिम हो । सिंगापुरका तीन यस्ता खेलाडी छन् जसले आफ्नो उत्कृष्ट प्रर्दशनमा नेपाललाई निराश बनाउन सक्छन् ।

अम्जद महबुब (बलर)

महबुब सिंगापुरका अनुभवी बलर हुन् । ३८ वर्षिय महबुबले जारी आईसीसी टी २० एसिया विश्वकप छनोटमा उत्कृष्ट प्रर्दशन गरेका छन् । टी २० आईमा सिंगापुरबाट सर्वाधिक विकेट लिने खेलाडी रहेका महबुबले मलेसियालाई पराजित गर्न ३.४ ओभरमा २० रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै कतारलाई पराजित गर्न पनि उत्कृष्ट प्रर्दशन गदै ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिएका थिए । महबुबले आफ्नो अनुभवसँगै उत्कृष्ट लयलाई निरन्तरता दिए नेपाली ब्याट्सम्यानको लागि टाउको दुखाईको बलर बन्न सक्छन् ।

मनप्रित सिंह (अलराउण्डर)

मनप्रित सिंह अद्भुत क्षमता भएका खेलाडी हुन् । २४ वर्षिय सिंह ब्याटिङ बलिङ र विकेटकीपर तीनै गर्न सक्छन् । सिंह टी २० आईमा सिंगापुरबाट सर्वाधिक रन बनाउने खेलाडीमा दोस्रो स्थानमा छन् । मलेसियासँग २६ रनमा अविजित रहँदा कतारसँग ३४ रन जोडेका थिए । स्पिनर सिंहले गत वर्ष एसिया क्वालिफायर बीमा भुटान र थाईल्यान्डसँगको खेलमा समान ४ विकेट लिएका थिए । डिभिजन ३ को खेलमा युडान्डाविरुद्ध ५९ रन जोडेका थिए । सिंहले आफ्नो अलराउण्डर प्रर्दशनमा नेपाललाई कडा टक्कर दिन सक्छन् ।

सुरेन्द्रन चन्द्रमोहन मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेपछि

सुरेन्द्रन चन्द्रमोहन (प्रमुख ब्याट्सम्यान)

पहिलो पटक ग्लोबल छनोटमा पुग्ने लक्ष्य राखेको घरेलु टोली सिंगापुरको लागि ओपनर चन्द्रमोहनको प्रर्दशन महत्वपूर्ण रहने छ । मलेसियालाई स्तब्ध पार्न मोहनले ५० रनमा अविजित रहँदै म्यान अफ द म्याच घोषित चुनिएका थिए । त्यस्तै कतारसँगको खेलमा ४७ रनको उत्कृष्ट इनिङ खेलेका थिए । मोहनले गत वर्ष एसिया क्वालिफायर बी को खेलमा नेपालविरुद्ध २५ रन जोडेका थिए ।

त्यसै प्रतियोगितामा भुटानसँगको खेलमा ८० रनको उत्कृष्ट इनिंग खेलेका थिए । सिंगापुरबाट टी २० आईमा सर्वाधिक रन बनाउने खेलाडी समेत रहेका चन्द्रमोहन नेपाली बलरको लागि टाउको दुखाईको ब्याट्सम्यान बन्न सक्छ । मोहन दबाबमा पनि रन जोडेन माहिर छन । मोहनलाई जति छिटो पेभिलिएन फर्काउन सकिन्छ त्यतिनै फाईदा हुने देखिन्छ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.