6 years ago
July 28, 2019
सिंगापुर(हाम्रो खेलकुद) – नेपालले आईसीसी टि२० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत अन्तिम खेलमा सिंगापुरविरुद्ध प्रतिस्पर्धा गरि रहेको छ । टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले उत्कृष्ट सुरुवात गरेको छ ।

सुरुवाती १० ओभरमा सिंगापुरले ९६ रन बनाउन १ विकेट गुमाएको छ । उसका लागि टिम डेविडले २२ बलमा ६ चौका सहित ३७ रनमा खेलि हरेका छन् । त्यस्तै रोहन रङ्गराजन ३१ बलमा ३ चौका र ४ छक्का सहित ४८ रनमा खेलेका छन् । रोहन र डेविडले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरि सकेका छन् ।
करण केसीलाई दोस्रो ओभरमा दास्रो र तेस्रो बलमा लगातार चौका प्रहार गरेका सिंगापुरका ओपनर सुरेन्द्रन चन्द्रमोहन चौथौ बलमा भने ठूलो सट खेल्ने धुनमा ज्ञानेन्द्र मल्लबाट ८ रनमा क्याच आउट हुन पुगे । त्यसयता भने नेपालले आफ्ना प्रमुख पाँच बलर प्रयोग गरि सक्दा विकेट लिन सकेको छैन ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]