6 years ago
July 28, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा सिंगापुरले प्रस्तुत गरेको विशाल लक्ष्य पछ्याइरहेको छ ।

सिंगापुरले प्रस्तुत गरेको १ सय ९२ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती १२ ओभरमा ९१ रन बनाउँदा ६ विकेट गुमाएको छ । अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी १६ रनमा खेलि रहेका छन् ।
नेपालले चौथो ओभरको पहिलो बलमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । अम्जाद महबुबको बलमा ठूलो सट खेल्ने धुनमा पारस सुरेन्द्रन चन्द्रमोहनबाट क्याच आउट हुनुअघि १० बलमा समान १ चौका र छक्का प्रहार गरे । सातौं ओभरको तेस्रो बलमा विजय कुमारले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा बोल्ड आउट गरे । मल्लले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
८ औं ओभरको चौथो बलमा जनक प्रकाशले बाउन्डी लाइन नजिकै एक हातले उक्कृष्ट क्याच लिदै शरद भेषावकरलाई ७ रनमा क्याच आउट गरेपछि नेपाल संकटमा परेको थियो । नवौं ओभरको तेस्रो बलमा विजयकुमारले रोहित कुमार पौडेललाई कट विहाइन्ड गर्दै ५ रनमा आउट गरेपछि नेपाल ६७-४ को कमजोर अवस्थामा पुगेको थियो ।
नेपालले ११ औं ओभरमा विनोद भण्डारीलाई ९ र करण केसीलाई शुन्यमा गुमाएपछि अघिल्लो चरणको संभावना टाढिएको छ । दुबै विजय कुमारको बलमा ठूलो सट खेल्ने धुनमा आउट भएका हुन् । सिंगापुरका लागि विजय कुमारले ४ विकेट लिई सकेका छन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]