default_image

6 years ago

July 28, 2019

लज्जास्पद हारसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त

141 views

0 Bookmark

सिंगापुर(हाम्रो खेलकुद) – नेपालको आगमी वर्ष अष्ट्रेलिया हुने टी २० विश्वकप खेल्ने सपना समाप्त भएको छ ।

आईतबार आईसीसी टी२० एसिया विश्वकलप छनोट खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो । नेपाललाई हराउँदै च्याम्पियन बनेको सिंगापुर पहिलो पटक ग्लोबल छनोटमा पुगेको छ । ग्लोबल छनोट आगमी अक्टोबरमा यूएईमा हुने छ ।

१ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटियो । ओपनर ज्ञानेन्द्र मल्लले ३९ रन बनाउन बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् ।
नेपालले चौथो ओभरको पहिलो बलमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । अम्जाद महबुबको बलमा ठूलो सट खेल्ने धुनमा पारस सुरेन्द्रन चन्द्रमोहनबाट क्याच आउट हुनुअघि १० बलमा समान १ चौका र छक्का प्रहार गरे ।

सातौं ओभरको तेस्रो बलमा विजय कुमारले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा बोल्ड आउट गरे । मल्लले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । ८ औं ओभरको चौथो बलमा जनक प्रकाशले बाउन्डी लाइन नजिकै एक हातले उत्कृष्ट क्याच लिदै शरद भेषवकरलाई ७ रनमा क्याच आउट गरेपछि नेपाल संकटमा परेको थियो । नवौं ओभरको तेस्रो बलमा विजयकुमारले रोहित कुमार पौडेललाई कट विहाइन्ड गर्दै ५ रनमा आउट गरे ।

नेपालले ११ औं ओभरमा विनोद भण्डारीलाई ९ र करण केसीलाई शुन्यमा गुमाएपछि अघिल्लो चरणको संभावना टाढिएको थियो । दुबै विजय कुमारको बलमा ठूलो सर्ट खेल्ने धुनमा आउट भएका हुन् । सोमपाल कामी ११ रनमा रन आउट भए । सन्दीप लामिछाने डक र दीपेन्द्र सिंह ऐरी २३ रनमा आउट भए ।

नेपाललाई सस्तैमा रोक्न सिंगापुरका विजय कुमारले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । त्यस्तै जनक प्रकाश,अनन्थ कृष्ण,मम्जाद महबुबले विकेट लिए । विनोथको नाममा २ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन बनायो । नेपालले टी २० आईमा पाएको यो हालसम्मकै उच्च लक्ष्य समेत हो । उसका लागि खेलाडी युवा टिम डेविडले ७७ रनको महत्वपूर्ण योगदान दिए । १८ ओभरको दोस्रो बलमा अभिनाष बोहोराले ज्ञानेन्द्र मल्लबाट क्याच आउट गराउनु अघि डेविडले ४३ बलमा ८ चौका ३ छक्का प्रहार ।

करण केसीलाई दोस्रो ओभरमा दास्रो र तेस्रो बलमा लगातार चौका प्रहार गरेका सिंगापुरका ओपनर सुरेन्द्रन चन्द्रमोहन चौथौ बलमा भने ठूलो सट खेल्ने धुनमा ज्ञानेन्द्र मल्लबाट ८ रनमा क्याच आउट हुन पुगेका थिए ।

तर रोहन रङ्गराजन र टिम डेविडले दोस्रो विकेटका लागि ८९ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफल तर्फ लम्काएका थिए । यी दुईबीचमो साझेदारी ११ औं ओभरको चौथो बलमा अभिनाष बोहोराले रोहनलाई शरद भेषवाकरबाट ४९ रनमा क्याच आउट गराउँदै तोडेका थिए । रोहनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।

तेस्रो विकेटका लागि डेविडले मनाप्रित सिंहसँग ६६ रनको साझेदारी गरेपछि सिंगापुरले विशाल योगफल तयार पारेको हो । सिंहले २७ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा क्याच आउट भए ।

नेपालका लागि अभिनाष बोहोराले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । करण केसीको नाममा विकेट रह्यो । करण केसीले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपाल कामी र वसन्त रेग्मी भने विकेट विहीन हुन पुगे ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.