6 years ago
July 31, 2019
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले उप कप्तान तथा ओपनर रोहित शर्मासँग कुनै मनमुटाव नरहेको बताएका छन् । वेस्ट इन्डिजसँग तीन टि २० को लागि अमेरिका जानु अघि कोहलीले पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

सोमवार अमेरिका जानुअघि पत्रकार सम्मेलनमा विराटले भने, ‘यस विषयमा मैले पनि धेरै कुरा सुनेको छु,तर त्यो सत्य होइन । टिमको वातावरण राम्रो हुँदैन थियो भने पछिल्लो दुई तीन वर्षमा हामीले यो सफलता हात पार्ने थिएनौं ।’
त्यस्तै विराटले भनेका छन्, ‘वान डे वरीयतामा नम्बर ७ देखी १ सम्मको यात्रा रह्यो । टिमको बातावरण राम्रो नभएको भए सम्भव थिएन । म कुलदीप यादवसँग कसरी कुरा गर्छु त्यतिनै धोनीसँग पनि । रोहितसँगको मनमुटाव भन्ने कुरा सबै झुट हो ।’ रोहितले भने यस विषयमा केहि बोलेका छैनन् ।
भारतीय टोली अमेरिका भ्रमणमा छ । अमेरिकामा रहेर टोलीले वेस्ट इन्डिजसँग तीन टि२० सिरिज खेल्ने छ । भारतीय टोली सोमबार राती त्यसतर्फ लागेको हो । विश्वकपपछि कप्तान विराट कोहली र उप कप्तान रोहित शर्माबाीच मनमुटाव रहेको विषय बाहिर आएपछि विराटले यस्तो बताएका हुन् ।
भारतीय मिडिया अनुसार अहिले खेलाडी दुई गुटमा विभाजित छन् । केहि खेलाडी रोहित शर्मा र विराट कोहलीको कुरा मान्दै आएका छन् । भारतीय चर्चित मिडिया आजतकका अनुसार विराटले एक्लौटी निर्णय गर्ने गर्दा रोहित उनिदेखी असन्तुष्ट छन् ।
ब्याटिङ लाइन अप, ड्रेसिङ रुमदेखि प्लेइङ ११ लयाएत हरेक कुरामा विराटले रोहितको सल्लाह नलिने हुँदा मनमुटाव बढेको भारतीय मिडियाको दाबी छ । तर विराटले भने आफुबीच कुनै मनमुटाव नभएको प्रष्ट पारेका छन् । भारतले वेष्ट इन्डिजसँग समान ३ वान डे र टि२० तथा २ टेष्ट खेल्ने छ । पहिलो टि२० खेल आगमी शनिवार हुने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]