6 years ago
August 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान टियू मैदान अहिले लज्जास्पद अवस्थामा छ । मैदानको घाँस काट्ने मेसिन बिग्रेपछि मर्मत नहुँदा अहिले मैदान घाँसबारीमा परिणत भएको छ ।

मैदान भित्रै लामा घाँस देखेपछि जो कोहिको मनमा प्रश्न उठ्न सक्छ,साँच्चै नेपालको अन्तर्राष्ट्रिय टियु मैदान हो र ? घाँस काट्ने मेशिन बिग्रेको एक महिना भन्दा बढी समयसम्म न मर्मत भएको छ न त अर्को मेसिन नै । यसकारण टियू मैदान गाउँ घरमा हुने सामान्य चौर भन्दापनि खराब अवस्थामा पुगेको छ । टियूको पिचमा मात्रै दुबो रोपिएको छ भने अन्य धेरै भागमा ठूलो घाँसै घाँस छ ।
समयमै मैदानको अवस्था सुधार नगरे यसको असर यू१९ टोलीलाई पर्ने देखिएको छ । यू१९ टोली एसिया कपको लागि बन्द प्रशिक्षणको तयारीमा छ । तर अहिलेको अवस्थामा मैदानमा प्रशिक्षण गर्न सकिने अवस्था छैन । कतिसम्म भने ठूलो घाँसको कारण मैदानमा हिड्न नै कठिन छ । यू१९ को लागि भनेर एउटा पिचमा भने दुबो रोपिएको छैन ।

नेपाली सिनियर टोलीको बन्द्र पशिक्षणको क्रममा बिग्रीएको मेसिन अहिलेसम्म नबन्दा घाँस बढेर निकै ठूलो बनेको हो । यसो हेर्दा त घाँसबारी जस्तै देखिन्छ । गत शनिबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले टियू मैदानको निरिक्षण गरेर सबै समस्या बुझिसकेका छन् । राखेपले मंगलबारसम्म मेसिन पठाउने भनेपनि बुधबार बेलुकासम्म पठाएको थिएन ।
मैदानका एक स्टाफको अनुसार सबै मेसिनहरु बिग्रीएका छन् । नयाँ मेसिनहरु नआएसम्म काम गर्न मिल्दैन । अझै केहि समय मेसिन नआए घाँसको कारण पछि मैदानमा खेल्न कठिन पर्न सक्छ । दुबो नभएको कारण घाँसले गर्दा समस्या आएको हो । यस समयमा दुबो रोप्नु पर्ने हो । तर घाँस नकाट्दा दुबो पनि रोपिएको छैन, मैदानका एक कर्मचारी बताउछन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]