6 years ago
August 1, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्समा चार लेग स्पिनर पुगेका छन् ।

बुधबार दिल्लीले मुम्बई इन्डियन्सका लेग स्पिनर मंयक मारकन्डेलाई टिममा भित्र्याएको छ । वेस्ट इन्डिजका अलराउण्डर शरफेन रदरफोर्डलाई मुम्बईमा पठाउँदै मारकन्डेलाई टोलीमा भित्र्याएको हो । योसँगै दिल्लीमा लेग स्पिनरको सङ्ख्या ४ चार पुगेको छ । मारकन्डेसँगै सन्दीप,अमित मिश्रा र राहुल तेवतिया दिल्लीका लेग स्पिनर हुन् ।
चार लेग स्पिनरसँगै सन्दीपले आगमी संकरणमा पनि पुरै खेल खेल्न पाउनी संभावना न्यून देखिन्छ । ३ वर्षे सम्झौता अनुसार सन्दीपले यो वर्षपनि दिल्लीबाट खेल्नेछन् । दिल्लीले सन्दीपलाई गत वर्ष २० लाख भारतीय रुपैंयामा तीन वर्षको लागि टोलीमा अनुबन्ध गरेको थियो ।
अघिल्लो वर्ष ३ खेलमा मात्रै मौका पाएका सन्दीपले यस संस्करणमा ६ खेल खेल्दा अन्य सबैमा बेन्चमा बसे । यस संस्करणमा सन्दीपले ६ खेलमा ८ विकेट लिए ।
त्यस्तै मुम्बईले यस संस्करणमा मारकन्डेलाई ३ खेलमा मात्रै मौका दिएको थियो । युवा खेलाडी राहुल चाहरले उत्कृष्ट प्रर्दशन गरेपछि मारकन्डे बेन्चमा बस्नु परेको थियो । मारकन्डेले गत फेब्रुअरीमा भारतबाट अष्ट्रेलियाविरुद्ध टि२० मा डेब्यू गरि सकेका छन् । यस संस्करणमा उत्कृष्ट प्रर्दशन गरेको दिल्ली दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]