6 years ago
August 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – क्यानभास इन्डोर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि डीएभी स्कुलले जितेको छ ।

काठमाडौंमा बिहीबार सम्पन्न फाइनल खेलमा विराट बोर्डिङ्ग स्कुललाई ७६ रनले पराजित गर्दै डिएभी उपाधि जित्न सफल भएको हो । टस जितेर पहिला ब्याटिङ थालेको डीएभी निर्धारित १० ओभरमा १ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो ।
डीएभीका लागि आदित्य रौनियारले ८२ रनमा अविजित रहे । सार्थकले २६ रन वनाए । विराटका लागि राकेश चौधरिले १ विकेट लिन बाहेक अन्य कुनै पनि बलरले सफलता हात पार्न सकेनन् । १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको विराट ६.४ ओभरमा अल आउट हुँदै ५६ रनमा समेटियो ।प्रतियोगिता डीएभी र उप – विजेता विराटले ट्रफीसहित प्रमाणपत्र प्राप्त गरे । विजेता उप विजेता टोलीलाई नेपाली यु १९ मुख्य प्रशिक्षण विनोद दासले पुरस्कार प्रदान गरे ।

प्रतियोगिताको उत्कृष्ट बलर बेबिलोन स्कुलका ईशान्त बिके घोषित भए । उत्कृष्ट ब्याट्सम्यान ओम नेशनल स्कुलका सार्थक धिताल चुनिए । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी डीएभी स्कुलका रिशम् मान चुनिए । विधागतका उत्कृष्ट खेलाडीहरुले वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीको तर्फबाट ६ महिने निशुल्क प्रशिक्षण गर्न पाउने छन । प्रतियोगितामा १६ स्कुलले प्रतिस्पर्धा गरेका थिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]