6 years ago
August 3, 2019
एजेन्सी – ग्लोबल टि२० क्यानडामा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने खराब प्रर्दशन गरेका छन् ।

टोरन्टो नेशनलले ब्राम्पटनले व्ल्भ्ससँग प्रतिस्पर्धा गरिरहेको छ । टोरन्टोले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । तर खराव प्रर्दशन गरेको छ । त्यस्तै नेपाली लेगस्पिनर सन्दीप लामिछानेले पनि पहिलो ओभरमै खराब प्रर्दशन गरेका छन् ।
टस जितेर पहिला बलिङ रोजेको टोरन्टोले सन्दीपलाई पाँचौ ओभरमा बलिङमा उतारेको थियो । सन्दीपलाई पहिलो ओभरमै २४ रन खर्चिए । जर्ज मुन्सेले सन्दीपको पहिलो,तेस्रो र चौथो बलमा चौका प्रहार गरे । जर्ज पाँचौ र छैटौं बलमा लगातार २ छक्का प्रहार गरेपछि सन्दीपले पहिलो ओभरमै २४ रन खर्चिन पुगे । ब्राम्पटनले सुरुवाती ६ ओभरमा १ विकेट गुमाउँदै ७४ रन बनाएको छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]