default_image

6 years ago

August 4, 2019

भारतको संघर्षपूर्ण जित

96 views

0 Bookmark

एजेन्सी – युवा खेलाडी नवदीप सैनीको उत्कृष्ट प्रर्दशनमा वेस्ट इन्डिजसँगको पहिलो टि२० खेलमा भारत ४ विकेटले विजयी भएको छ ।

सामान्य ९६ रनको लक्ष्य पछ्याएको भारतले १७.२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । भारतका लागि ओपनर रोहित शर्माले २५ बलमा समान २ चौका र छक्का सहित २४ रनको योगदान दिए । ऋषभ पन्त डक,शिखर धवन १ र मनिष पाण्डे र कप्तान विराट कोहली समान १९ रनमा आउट भए ।

क्रुनाल पाण्डे १२ रनमा बोल्ड आउट भए । रविन्द्र जडेजा १० र वाशिन्टन सुन्दर ८ रनमा अविजित रहे । वेस्ट इन्डिजका लागि सुनिल नारायण, शिल्डन कर्टेल र किमो पलले समान २ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ९५ रन बनाएको थियो । सुरुवाती ६ ओभरमै ५ विकेट गुमाएको वेस्ट इन्डिजका लागि काइरन पोलार्डले ४९ बलमा ४ छक्का र २ चौका सहित ४९ रन जोड्दै सम्मानजनक योगफल सम्म पुर्याएका थिए ।

त्यस्तै निकोलस पुरनले १६ बलमा १ चौका र २ छक्का सहित २० रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । वेस्ट इन्डिजका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । तीन ब्याट्सम्यान डक आउट भए । वेस्ट इन्डिजलाई सस्तैमा रोक्न टि२० डेब्यू गरेका तीब्र गतिका युवा बलर नवदीप सैनीले ४ ओभरमा १ मेडन सहित १७ रन खर्चेर ३ विकेट लिए । सैनीले अन्तिम ओभरमा पोलार्डको विकेट सहित मेडन राखेका थिए ।

भुवनेश्वर कुमारले २ विकेट हात पारे । वासिश्टन सुन्दर, खलील अहमद, क्रुनाल पाण्डे र रविन्द्र जडेजाको नाममा समान १ विकेट रह्यो । तीन टि२० सिरिजमा भारतले १-० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार खेल्ने छ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.