6 years ago
August 7, 2019
एजेन्सी – पाहुना टोली भारतले वेस्ट इन्डिजसँगको ३ खेलको टि२० सिरिज क्लिनस्वीप गरेको छ । मंगलबार राती तेस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै भारतले सिरिज ३-० ले जितेको हो ।

१ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारतले पाँच बल अगाडी नै ३ विकेटको क्षतिमा पुरा गर्यो । भारतको जितमा युवा विकेटकीपर ऋषभ पन्तले ४२ बलमा समान ४ चौका र छक्का सहित ६५ रनमा अविजित रहँदै टोलीको जित पक्का गरे ।
त्यस्तै कप्तान विराट कोहली ४५ बलमा ६ चौका सहित ५९ रनमा आउट भए । ओपनर केएल राहुल २०,शिखर धवन ३ रनमा आउट हुँदा मनिष पाण्डे २ रनमा अविजित रहे । वेस्ट इन्डिजका लागि ओशन थोमसले २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । काइरन पोलार्डले ४५ बलमा ६ छक्का र १ चौका सहित ५८ रनको योगदान दिए । त्यस्तै रोभमन पावेल २० बलमा २ छक्का र १ चौका प्रहार गर्दै ३२ रनमा नट आउट रहे । ओपनर इभिस लुईस १०,सुनिल नारायण २,निकोलस पुरन १७ र कार्लोस वर्थवेट १० रनमा आउट भए ।
भारतका लागि युवा खेलाडी दिपक चहरले ३ ओभरमा १ मेडन सहित ४ रन खर्चेर ३ विकेट लिए । नवदीप सैनी २ र राहुल चहरको नाममा १ विकेट रह्यो ।
भारतले पहिलो खेल ४ विकेट र दोस्रो खेल डकवर्थ लेविस पद्धतीको आधारमा २२ रनले जितेको थियो । भारतले वेस्ट इन्डिजसँग थप ३ वान डे र २ टेष्ट खेल्ने छ । पहिलो वान डे खेल बिहीबार हुने छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]