6 years ago
August 7, 2019
एजेन्सी – ग्लोबल टि२० क्यानडामा दोस्रो राउण्डको खेलमा नेपाली तीव्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्स प्लेअफको नजिक पुगेको छ ।

मंगलबार भान्कुभर नाइट्ससँगको खेल वर्षाको कारण रद्द भएसँगै दुवै टोलीले १-१ अंक बाँडे । हक्सको प्लेअफ सम्भावना यस नतिजाले लगभग पक्का बनेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स र मोन्टरियल टाइगर्सबीच आज राती हुने खेलमा जित-हार नतिजा आए हक्स प्लेअफमा पुग्नेछ । उक्त खेल वर्षाले रोकिएमा भने सोमपाल सम्मिलित हक्स बाहिरिनेछ ।
हक्स ६ खेलमा २ मा जित र ३ मा हारका सहित ५ अंक जोड्दै तेस्रो स्थानमा छ । त्यस्तै नाइट्स ६ खेलमा ३ जित, १ हार र २ अनिर्णित सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ । मोन्टरियलको ५ अंक र टोरन्टोको ४ अंक रहेको छ । शीर्षस्थानको ब्राम्प्टनको ९ अंक छ भने पुछारको एडमन्टनले ३ अंक जोडेको छ ।
सोमपालले एडमन्टन रोयल्सविरुद्ध डेब्यू गर्दै खराब प्रर्दशन गरेका थिए । सोमपालले ५ बलमा १ रन मात्रै बनाउन सके । बलिङतर्फ पनि २ ओभरमा ३३ खर्चदै खचेका थिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]