6 years ago
August 7, 2019
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) टि२० वरियतामा ठूलो छलाङ मारेका छन् ।

नयाँ वरियाता अनुसार अलराउन्डरतर्फ पारस २५ औं स्थानमा उक्लिएका छन् । यो हालसम्मकै उच्च उपलब्धि समेत हो । यसअघि पारस ३९ औं स्थानमा थिए । पारसले एकै पटक १४ स्थान फड्को मारेका हुन् ।
पारसले अफगानिस्तानका राशिद खान, न्युजिल्यान्डका कोलिन डि ग्राण्डहोम, इंग्ल्यान्डका जो रुट, भारतका हार्दिक पान्ड्या र वेस्ट इन्डिजका आन्द्रे रसेल जस्ता स्टार खेलाडीलाई पछि पारेका छन् ।
त्यस्तै पारसले ब्याटिङतर्फ पनि ठूलो फड्को मारेका छन् । नयाँ वरियता अनुसार पारस ब्याटिङमा ६६ औं स्थामा उक्लिएका छन् । पारस यस अघि ९३ औं स्थानमा थिए । पारसले एकै पटक २७ स्थान फड्को मारेका हुन् । पारसले ब्याटिङमा भारतीय विकेटकीपर महेन्द्रसिंह धोनी, वेस्ट इन्डिजका क्रिस गेल र भारतका ऋषभ पन्तलाई पछि पारेका छन् ।
अलराउण्डर तर्फ सोमपाल कामी भने खस्किएका छन् । सोमपाल कामी ४८ औं स्थानबाट ६६ औं स्थानमा पुगेका छन् । बलिङतर्फ वसन्त रेग्मि र सोमपाल दुवै खस्किएका छन् । नयाँ वरियता अनुसार सोमपाल ७८ र वसन्त ७१ औं स्थानमा छन् । यस अघि सोमपाल ६६ र वसन्त ६७ औं स्थानमा थिए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]