default_image

6 years ago

August 7, 2019

ग्लोबल टि-२० : पैसा नपाएपछि सन्दीपको टोली मैदान आएन

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि-२० अन्तर्गत आज हुने खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्सले मोन्टरियल टाइगर्सको सामना गर्दैछ । तर हालसम्म पूरा पैसा नपाएको भन्दै दुवै टोलीले मैदान आउनको लागि होटेल छाडेका छैनन् ।

एसोसिएट क्रिकेटको जानकारी राख्ने पत्रकार पिटर डेला पेनाका अनुसार टोली खेल सुरु हुनुभन्दा ५० मिनेट अघिसम्म पनि मैदान पुगेका छैनन् । सामान्यतया टोली खेल सुरु हुनुभन्दा डेढ घण्टा अगाडी मैदान पुग्ने गर्दछन् । टस हुन केहि समय बाँकी रहँदा खेलबारे अझै अन्यौल रहेको छ । नेपाली समय अनुसार खेल रातको १०:१५ बजे सुरु हुने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा सन्दीप टोरन्टो नेसनल्स र अर्का नेपाली खेलाडी सोमपाल कामी विनिपेग हक्सबाट खेलिरहेका छन् । दुवै टोलीको प्लेअफ पुग्ने सम्भावना हालसम्म टुंगो लागेको छैन । यद्यपि दुवै टोली अथवा दुई मध्य एक भने प्लेअफ पुग्ने पक्का भइसकेको छ । गएराती हुने भनिएको हक्स र भान्कुभर नाइट्सको खेल वर्षाको कारण रद्द भएसँगै दुवै टोलीले १-१ अंक बाँडे । हक्सको प्लेअफ सम्भावना यस नतिजाले लगभग पक्का बनेको छ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स र मोन्टरियल टाइगर्सबीच आज राती हुने खेलमा जित-हार नतिजा आए हक्स प्लेअफमा पुग्नेछ । उक्त खेल वर्षाले रोकिएमा भने सोमपाल सम्मिलित हक्स बाहिरिनेछ र टोरन्टो र मोन्टरियल अर्को चरणमा पुग्नेछन् । सन्दीपको टोलीले जित दर्ता गरेहक्स र नेसनल्सले प्लेअफ चरण अन्तर्गत एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् ।

हक्स ६ खेलमा २ मा जित र ३ मा हारका सहित ५ अंक जोड्दै तेस्रो स्थानमा छ । त्यस्तै नाइट्स ६ खेलमा ३ जित, १ हार र २ अनिर्णित सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ । मोन्टरियलको ५ अंक र टोरन्टोको ४ अंक रहेको छ । शीर्षस्थानको ब्राम्प्टनको ९ अंक छ भने पुछारको एडमन्टनले ३ अंक जोडेको छ ।

सोमपालले एडमन्टन रोयल्सविरुद्ध डेब्यू गर्दै खराब प्रर्दशन गरेका थिए । उक्त खेलमा सोमपालले ब्याटिङतर्फ ५ बलको सामना गर्दै १ रन मात्रै बनाउन सके । बलिङतर्फ पनि २ ओभरमा ३३ खर्चदै खर्चेका थिए । सन्दीपले भने पहिलो खेलमा महँगो सावित हुँदै ४४ रन खर्चेर १ विकेट लिएपनि दोस्रो खेलमा भने २८ रन दिँदै १ विकेट लिएका थिए ।

प्रतियोगिताको लिग तालिकाको शीर्ष २ टोलीले क्वालिफायर तथा तेस्रो र चौथोले एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । एलिमिनेटरको विजेता र क्वालिफायरको पराजित टोलीले उपाधिका लागि क्वालिफायरको विजेता टोलीसँग फाइनल खेल्नेछ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.