6 years ago
August 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा सेप्टेम्बर ५ देखि १४ सम्म हुने एसीसी यू१९ एसिया कपको लागि पाकिस्तान क्रिकेट बोर्डले १५ सदस्य टोली घोषणा गरेको छ ।

पाकिस्तानले १२ अभ्यास खेलपछि अन्तिम टोली टुंगो लगाएको हो । पाकिस्तानले दक्षिण अफ्रिकालाई ७-० र श्रीलंकालाई ३-२ मा पराजित गरेको थियो । दक्षिण अफ्रिका र श्रीलंकासँग गरेको प्रर्दशनको आधारमा पाकिस्तानले टोली छनोट गरेको जनाएको छ ।
पुरानै कप्तानलाई निरन्तरता
पाकिस्तानले कप्तानको जिम्मा विकेटकीपर रोहेल नाजिरलाई दिएको छ । नाजिरकै कप्तानीमा पाकिस्तानले गत वर्ष एसिया कपमा खराब प्रर्दशन गरेको थियो । एसिया कपमा खराब प्रर्दशनको कारण उनलाई गत वर्ष न्युजिल्यान्डमा भएको यू१९ विश्वकपमा कप्तानबाट हटाईएको थियो । नाजिरले उक्त विश्वकपमा ५ खेलमा १ सय ४० रन बनाएका थिए । नाजिरले पाकिस्तानबाट ४ प्रथम श्रेणी र ६ लिष्ट ए खेलेका छन् ।
खराब प्रर्दशन
गत वर्ष वंगलादेशमा भएको यू१९ एसिया कपमा पाकिस्तानले खराब प्रर्दशन गरेको थियो । गत वर्ष एसिया कपमा समुह ‘बी’ मा रहेको पाकिस्तानले ३ खेलमा १ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा रहँदै समुह चरणबाटै बाहिरिनु पर्यो । पाकिस्तान बंगलादेशसँग ३ विकेट र श्रीलंकासँग २३ रनले पराजित भएको थियो । हङकङलाई भने ९ विकेटले पराजित गरेको थियो । यस पटक पाकिस्तानले उत्कृष्ट प्रर्दशन गर्ने लक्ष्य राखेको छ ।
नेपालको तयारीनै ढिला
यता नेपालले पनि यस एसिया कपमा सहभागिता जनाउने छ । गत महिना यू-१९ इस्टर्न रिजन प्रतियोगिताको विजेता बन्दै एसिया कपमा छनोट भएको नेपालले विहीबार देखी अनौपचारीक प्रशिक्षण सुरु गरेको छ । औपचारिक प्रशिक्षण भने आगमी २७ गतेदेखी सुरु गर्ने छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले २७ गते देखि मात्र प्रशिक्षण गर्ने स्वीकृति दिँदा धेरै ढिला भएको हो ।

ढिला हुने भएपछि खेलाडी र प्रशिक्षकले आफ्नै पहलमा अभ्यास थालेका छन् । प्रशिक्षणमा ३६ खेलाडीको माग गरेपनि एसीसीले १९ खेलाडीलाई मात्रै स्वीकृती दिएको प्रशिक्षक विनोद दास बताउछन् । नेपालले भदौं ७ सम्म मात्रै नेपालमा प्रशिक्षण थाल्ने छ ।
विदेशमा अभ्यासको बारे अझै टुंगो लागेको छैन । श्रीलंकामा हुन सक्ने संभावना रहेपनि आधिकारीक रुपमा निर्णय आएको छैन । साविक विजेता भारतले पनि आफ्नो टोली घोषणा गरि सकेको छ । अन्य टोली अन्तिम टोली घोषणा गर्ने तयारीमा छन् । नेपालले भने औपचारिक प्रशिक्षणनै सुरु गरेको छैन ।
सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने यू१९ एसिया प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, यूएई, नेपाल र कुवेत छन् ।
पाकिस्तानको १५ सदस्य टोली :
रोहोल नाजिर (कप्तान तथा विकेटकीपर), हैदर अली,(उपकप्तान), अबु हुरैरा, अब्दुल वाहिद बन्गलाजाई, अख्तर शाह, फहद मुनिर, अब्बास अफ्रिदी, बासित अली, मोहम्मद हरिस, इराफन खान, मोहम्मद वासिम, निशम शाह, क्यासिम अकराम
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]